आज :

ताजा समाचार

सुलेमानीको शवयात्र लगत्तै अमेरिकी दुतावास नजिकै बिस्फोट, मध्यपूर्वमा थप अमेरिकी सेना तैनाथ

  पुरुषोत्तम ढकाल    २० पुष २०७६, आईतवार ०८:०८      606 Views

एजेन्सी : अमेरिकी हवाइ हमलामा मारिएका शीर्ष इरानी सेनापति कासिम सुलेमानीको अन्त्येष्टि लगत्तै इराकको राजधानी बगदाद क्षेत्रमा रकेट हमला भएका छन् ।

बगदादस्थित अमेरिकी दुतावास नजिकै रकेट हमला भएको बीबीसीले जनाएको छ । त्यसैगरी आक्रमणकारीले उत्तरी बगदादमा रहेको अमेरिकी सैन्य क्याम्पमा समेत हमला भएको बताइएको छ ।

तर आक्रमणमा कोही पनि हताहत नभएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इरान समर्थित आतंकवादीहरु घटनामा संलग्न रहेको आशंका गरिएको छ ।

केही दिनअघि भएका श्रृंखलावद्ध बिस्फोटका घटनाको जिम्मेवारी लिने समूह नै उक्त घटनाको योजनाकार भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

यसअघि इरानी नेताहरुले अमेरिकाले आतंकवादी ठान्ने कासेम सुलेमानीको हत्याको बदला लिने बताएका थिए । यसैबीच सुलेमानीको शवयात्रमा हजारौं सहभागी भएका छन् ।

सुलेमानीको शोक तीन दिनसम्म मनाइने भएको छ । उनको शवलाई इरान लगिने छ र गृहनगर केरमानमा मंगलबार अन्तिम संस्कार गर्ने बताइएको छ ।

इरानी समर्थक कटाइब हिज्बुल्लाह समूहका कमाण्डर र सोलेमानीसँगै मारिएका इराकी अबु महदी अल मुहंडिसको मृत्युमा इराकमा पनि शोक मनाइएको छ ।

इरानले बदला लिन धम्की दिएको भन्दै अमेरिकाले मध्यपूर्वमा तीन हजार भन्दा बढी सैनिक पठाएको छ भने स्थानीयलाई इराक छोड्न सेनाले दवाव दिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस