आज :

ताजा समाचार

चिलीको उत्तरी क्षेत्रमा ज्वालामुखी: ६ किलोमिटरसम्म धुवाँ

  पुरुषोत्तम ढकाल    २५ मंसिर २०७९, आईतवार १४:२६      321 Views

एजेन्सी:चिलीको उत्तरी क्षेत्रमा रहेको लास्कर ज्वालामुखी सक्रिय भएको छ। हिजो भूकम्पपछि एन्डिज पहाडी क्षेत्रमा रहेको यो ज्वालामुखी सक्रिय भएको अधिकारीहरूले बताएका छन्।

अहिले त्यहाँ ६ किलोमिटरसम्म धुवाँ निस्किरहेको बताइएको छ। नेशनल जियोलोजी एन्ड माइनिङ सर्भिसका अनुसार यो ज्वालामुखी ’अस्थिर’ भएको र अधिकारीहरूले यसबाट निस्कने विष्फोट र धुवाँको निरन्तर निगरानी गरिरहेका छन्।

लस्कर ज्वालामुखीबाट तातो ग्यास र खरानीको धुवाँ निस्कने क्रम जारी छ। यद्यपि यसका कारण आसपासका क्षेत्रमा अहिलेसम्म कुनै क्षतिको खबर नआएको अधिकारीले उल्लेख गरेका छन्। ज्वालामुखी वरपर पाँच किलोमिटरसम्मको क्षेत्रमा प्रवेश निषेधित गरिएको छ।


प्रतिक्रिया दिनुहोस