आज :

ताजा समाचार

आर्मी कलजेमा गोली चल्दा दुई जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    २९ भाद्र २०७९, बुधबार १६:०९      481 Views

एजेन्सी: बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु भएको छ।
साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन्। सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ :५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए।
घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले  बताए।


प्रतिक्रिया दिनुहोस