आज :

ताजा समाचार

आन्तरिक राजस्व कार्यालय धुलिखेलले मनायो करदिवस,धेरै कर तिर्ने करदातालाइ सम्मान ।

  रामप्रसाद ढकाल    १ मंसिर २०७६, आईतवार २३:५८      4564 Views

धुलिखेल मङसिर १ , आन्तरिक राजश्व कार्यालय धुलिखेलले आजबाट आठौं रास्ट्रिय कर दिवस साप्ताहिक रुपमा मनाउन सुरु गरेको छ । काभ्रेपलाञ्चोक,रामेछाप,सिन्धुपाल्चोक र दोलखा गरी चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय धुलिखेलले साप्ताहिक कार्यक्रम गरी यस बर्ष पनी कर दिवस मनाउन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख श्रवन कुमार तिमल्सिनाले धुलिखेलमा शुभारम्भ गर्नु भएको कार्यक्रम दोलखा,रामेछाप हुँदै सिन्धुपालञ्चोकमा आएर समापन हुने जनाएको छ । आज धुलिखेलमा भएको कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ मा काभ्रेमा भएका करदाता मध्य सबै भन्दा बढी अयकर तिर्ने तर्फ स्वरोजगार लघुवित्त संस्थालाई सम्मानित गरेको छ । स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डेलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सम्मानित गर्नुभएको थियो । तेसै गरी आ.व.७३/७४ मा बिन्धवासिनी सहकारी बनेपाले उक्त सम्मान हात पारेको थियो ।सोही अवसरमा आन्तरिक राजश्व कार्यालय धुलिखेल को तर्फबाट उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयका ना.सु.श्री तुलसीकुमार मल्ललाई सम्मान गरिएको थियो । कर सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै प्रजिअ तिमल्सिनाले “हरेक नागरिकले कर तिर्नुपर्छ” भन्नका लागि अभियान चालउनुपर्ने सुझाव दिनुभयो । उहाँले “नागरिकमा सचेत नआई कर दाखिला नहुले भएकाले कर तिरेपछि गर्व गर्न सक्ने वातावरण निर्माण गर्न सक्नुपर्छ” भन्नुभयो । साथै नेपाल उद्ध्योग बाणिज्य महासंघका सदस्य सुरकृष्ण बैद्यले अन्तरिक राजस्व विभागले करको प्रकृती अनुसार कर तिर्ने संस्थालाइ छुट्टा छुट्टै व्यवसायको प्रकृती अनुसार सम्मान गर्न विभागले किन कन्जुस्याइ गरेको भनि ब्यबसायिलाइ प्रतिस्पर्धामा लानपर्ने धारणा राखेका थिए । अन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले करदाता थपिदै गएको बताउनुभयो । उहाँले अहिले सम्म ३५ हजार करदाता रहेको,भ्याटमा पाँच हजार सात सय,अन्तशुल्कमा एक हजार पाँच सय जना रहेको जानकारी दिनुभयो । उहाँले कर लुकाएर कोही पनि उम्कन नसक्ने चेतावनी दिनुहुँदै सम्पत्ती बैद्यताका लागि पनि कर तिर्नु पर्ने सुझाव दिनुभयो । कार्यक्रमको संचालन कर अधिकृत दिलक अाचार्यले गरेका थिए भने अर्का कर अधिकृत राम कुमार श्रेष्ठले करदातालाइ कर शिक्षा कार्यक्रम संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस