आज :

ताजा समाचार

एसईईको नतिजा प्रकाशनका लागि बोर्डको बैठक बस्दै, नतिजा आजै आउने

  पुरुषोत्तम ढकाल    १४ असार २०८१, बिहीबार ०७:१९      102 Views

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले आज (बिहिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । गत चैत महिनामा भएको एसईई परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गर्न लागेको हो ।

नतिजा प्रकाशनका लागि बिहान ७ः३० बजे बोर्डको बैठक आह्वान गरिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एजुकेशन समाचारलाई जानकारी दिए । ‘नतिजा प्रकाशनकै लागि ७ः३० बजे बैठक बोलाइएको छ,’ उनले भने, ‘आज १० बजेभित्र नतिजा सार्वजनिक भइसक्छ ।’ यसवर्षको एसईई परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थी सहभागि भएका थिए ।

बोर्डले यसवर्षबाट पहिलोपटक नतिजामा नन् ग्रेडिङ (एनजी) लगाउँदैछ । जसअन्तर्गत विद्यार्थीले सैद्धान्तिक विषयतर्फ ३५ प्रतिशत अर्थात् पूर्णाङ्क ७५ मा २७ नम्बर प्राप्त गर्नुपर्नेछ । यो नम्बर प्राप्त नगरेको अवस्थामा विद्यार्थीलाई फेल सरह अर्थात् कक्षा ११ अध्ययन गर्न पाउँदैनन् ।

नतिजा यसरी हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस