आज :

ताजा समाचार

लोकप्रिय गायक शिव परियारको “नाचें फिरिरी” सार्वजनिक

  पुरुषोत्तम ढकाल    १७ श्रावण २०७७, शनिबार ०९:५२      4406 Views

काठमाण्डौ: लोकप्रिय गायक शिव परियारको स्वर रहेको नया “नाचें फिरिरी” को भिडियो सार्वजनिक भएको छ । गायक शिव परियारको लकडाउन पछि दर्शक तथा स्रोताको लागि निकै मिठो गीत “नाचें फिरिरी” लिएर आएका हुन् ।
सार्वजनिक गीतमा डाक्टर चन्द्र गिरिको शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माले संगीत दिएका छन्।गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् ।
गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेको हुन् ।

https://youtu.be/nlLbD4G3gcw


प्रतिक्रिया दिनुहोस