आज :

ताजा समाचार

‘तिम्रो हर अत्याचार सहें, अब म शुन्य सहनशिल क्षेत्रमा छु’

  पुरुषोत्तम ढकाल    १५ जेष्ठ २०७७, बिहीबार १०:५२      4723 Views

तिमिले भगवानको आकार देखेका थिएनौ, मैले मुर्ति बनाइदिए त्यसको बदलामा तिमिले मन्दिरको अगााडि मेरो टाउको फुटायौ । तिम्रो इज्जत छोप्नमैले कपडा सिलाइदिए त्यसको बदलामा मेरो इज्जत लुट्यौ । तिमि हिड्दा तिम्रो खुट्टा नफुटोस भनेर मैले जुत्ता सिलाइदिए त्यसको बदलमा मेरो भाग्य फुटायौ । तिमिलाई सुरक्षा होस भनेर खुकुरी बनाइदिए त्यसको बदलमा मेरो शिर छिनाइदियौ ।
तिमिलाई फोहोर नलागोस भनेर  तिम्रो फोहोर सोह्रे त्यसको बदलामा मलाई जीवनभर फोहारी बनायौ । तिमीलाई विश्वकै सुन्दरी बनाउन श्रृङगारको सामान बनाइदिए त्यसको बदलमा मलाई सधैं कुरुप बनायौ ।तिमि विदेशी सामन्तीहरुको अत्याचार र विभेदबाट जोगिनको लागि मैले हतियार बनाइदिए तर त्यसको बदलामा तिमीले मलाई अत्याचार र विभेद गर्यौ । तिमीलाई भोकमरिबाट बच्न खेतिपाति गरेर तिमिलाइ बचाए तर त्यसको बदलामा तिमिले भुमिहीन  बनायौ । तिमिलाई जिन्दगीभरि रङ्गिन सपना देख्नकालागी आलिसान महल  बनाइदिए त्यसको बदलामा त्योआलिसान महलमा टेक्दा मेरो झुपडि नै ध्वस्तपारि मेरो सपनानै तुहाइदियौ ।
हिजो तिमिले छुट्याएको जुठोपुरो खुवायौ, त्यो खाँए । सधैं पुराना कपडा लगाउ भन्यौ, लगाए। फलामको गहना मात्र लगाउनु पर्छभन्यौ, त्यो पनि माने । माटाको भाँडामा मात्र खाना खानुपर्छ भन्यौ, त्यो पनि सहें । तिमीले दासि बनायौ, धन लुट्यौ ।वेदको एक शब्द मात्र उच्चारण गरे मेरो जिब्रो नै काट्ने आदेश दियौ तिम्रो हर अत्याचार सहें, अब म पुर्ण रुपमाशुन्य सहनशिल क्षेत्रमा छु ।
मअब सहन सक्तिन । तिम्रो इज्जत तथा सुरक्षाको लागि सदैव हाजिर भएँ । तिम्रो आधारभुत तथा अतिरिक्त आवश्यकता मलै पुरा गरे । हर जोखिम तथा कठिन कार्यमा मैले ज्यानको बाजि थापेर तिमो जिन्दगीब चाएको छु । त्यसैले म तिम्रो जननीहुँ, अभिभावकहुँ , सरक्षंकहुँ । मेरो श्रम, सीप, त्याग एवं वलिदान विश्वले नेपालको सान, मान र प्रतिष्ठा भनेर गर्व गर्छ तर मैले कहिल्यै आत्मसम्मान सम्म पनि पाइँन । मेरो पसिना, रगत र आँशुको सधैं खेलवाड भइरह्यो । यो कस्तो विडम्वना, यो कस्तो न्याय। कहिल्यै सम्म चलिरहन्छ विभेदको श्रृङ्खला?
आज २१ औंशताब्दीका आधुनिक सभ्यताको मानवहामी तर मानवता हराएको समाजमा रुमलिएका छौं । जात भएका कारणले आफ्नो अमुल्य जीवन गुमाउनु परेको छ ।उदाहरणका लागिआफ्नो प्रेमिल भेरी गुड बनाउने सोच भएका जाजरकोटका नवराज वि.क.लाई जातकै कारणले राधा  कृष्णको पूजागर्ने धर्मका ठेकेदारले भेरिमा बगाइदिए । रुपन्देहीकीअंगिरा पासि जातकै कारण बलात्कार पछि हत्या गरियो । कैलालीकी माया वि.क.लाई जातकै कारण निर्मम हत्या गरियो । कालिकोटकीमना सार्किलाई अछुत भनि कुटपिट बाट हत्या गरियो । यी त प्रतिनिधि घटना मात्र हो । अझ मिडियामा नआएको घटना त धेरै छन् ।यस्ता घटनाले सबैलाई लज्जित बनाएको छ । सधैभरि लज्जितभएर बस्ने वा यसको विद्रोह गर्ने यो तँपाई हामी सबैको हातमा छ ।

 
यो राष्ट्रको वास्तविक गणतन्त्र दिवस या संविधानदिवस त्यो दिनहुनेछ जुनदिनजातिय भेदभाव तथा छुवाछुत पुर्ण रुपमानिर्मुल हुनेछ ।
नेपालका साम्यवादिहरु आफुलाई मानवता, समानता र शोषण विहिन समाजका निर्माता हौँ भन्छन तर तिनिहरुका नेताकार्यकर्ताहरु गाउँघरमा दलितहरु प्रतिआर्थिक शोषण र जातिय छुवाछुतको व्यवहार गर्छन । त्यसरी नै प्रजातन्त्रवा दिहौँ भन्नेलाई तिम्रो प्रजातन्त्रमा त सवैलाइ वरावर अधिकार हुन्छ र उच निच हुँदैन भन्छौ तर तिमिहरु दलित लाई किनअधिकार दिदैनौ । अनि धार्मिक नेताहरु तिम्रो धर्म त हितकारी र भगवानन्यायी हुन्छ भन्थ्यौ खैत तिम्रो भगवानले न्याय गरेको ? मानवअधिकारवादी संस्थाहरु जेल परेकाअपराधिक व्यक्तिहरुको मानवअधिकार हनन् भयो भनेर कुर्लन्छौ तर संधिानले अपराध घोषित गरि सक्दापनि जातिय भेदभाव तथा छुवाछुत सहन बाध्य भएका दलितहरुको निम्ती केही बौल्दैनन्, यो कस्तो मानवअधिकार ?

मानवले मानवनदेख्ने समाजका हामी जातिय भेदभाव तथा छुवाछुत कुप्रथालाई प्रशयदिई आफ्नो खुट्टामा आफ्लै वञ्चरो हानिरहेका छौ । यसको परिणाम बारे सोच्नु अपरिहार्य छ । यो राष्ट्रमा राजनैतिक परिर्वतनका संवाहकहरु प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र आयो तर दलित समुदायले कहिल्यै आत्मसम्मानसम्म पनि पाएनन् । बलिदान त्यागका सदैव अग्रस्थानमा रहेकायो समुदायहक, अधिकार तथा नेतृत्व तहमा पछाडि पारिए । परिमाणात्मक रुपमा केहि अधिकार भिखजसरि दिएपनि गुणात्मक रुपमा केहि परिवर्तन हुन सकेको छैन । यो राष्ट्रको वास्तविक गणतन्त्र दिवस या संविधानदिवस त्यो दिनहुनेछ जुन दिनजातिय भेदभाव तथा छुवाछुत पुर्ण रुपमानिर्मुल हुनेछ ।
श्रमकानायक, सीपकाकौशल, देशभक्तिनागरिक एवं सहनशिलताको प्रतिमुर्ति दलित समुदायको त्याग र बलिदानकोमुल्य सायद यो देशले कहिल्यै पनिचुकाउन सक्तैन । यो देशमा जब संकट पर्छ तब दलितहरुनै अग्रस्थानमा रहन्छन । तसर्थ यो देशले दलितहरुको गुणको बदलामा केहिदिननसकेपनिआत्मसम्मानभएर जिउने वातावरण तयार गनुपर्छ । दलितमाथिभएको मनोवैज्ञानिक पक्षहिनता बोधलाई मेटाउन राज्यलै उचित कदम लिनुपर्छ ।
हजारौ वर्षदेखि दलितको टाउकोमा टेकेर फल खान पल्केका सामन्ती—बाह्मणवादी सोच भएकाहरु एकपल्ट सोच्नुस त हतियार बनाउने हरुले हतियार लिएर उठे भने के होला? यो देशको नारा समृद्ध नेपाल, सुखी नेपाली तब मात्रवास्तविक रुपमापुरा हुन्छ जब जातपात तथा छुवाछुतबाट मानिस मुक्त हुनेछन् । जब सम्म सोचमा परिवर्तन आउदैन तव सम्म जातपातले जरा गाडि रहन्छ । फलस्वरुप सभ्य समाजका हरेक नागरिकहरु सदा लज्जित हुनुपर्ने छ । जातिय भेदभाव तथा छुवाछुत प्रथाको समस्या दलितहरुको मात्र समस्या नभएर यो राष्ट्रिय समस्या हो । अव सम्पुर्ण दलित तथा गैर दलितहरुकाआवाज एक हुन जरुरत छ । ती सम्पुर्ण नागरिक प्रतिआभारी छु जो जातिय भेदभाव तथा छुवाछुत प्रथाको विरुद्धमा खडा हुनुहुन्छ चाहे तीदलितहुनवाअन्य ।हिजो सामन्ती—बाह्मणवादी सोच भएकाहरुले दलित माथिअत्याचार र शोषण गरे अब उनिहरु माथिअत्याचार र शोषण गनुपर्छ भन्ने कदापीे होइन । अवको विद्रोह कुनै जातक विरुद्धको विद्रोह नभईत्यो मानसिकता वा सोचाइ विरुद्धकाविद्रोह हो जसले तँपार्इृ र मलाई विभाजन गर्छ ।
—लेखक केशव राज रोक्का स्नाकोत्तर तह अंग्रेजी शिक्षा र जन प्रशासन एवं स्नातक तह कानुनका विद्यार्थी हुन ।


प्रतिक्रिया दिनुहोस