आज :

ताजा समाचार

घर भाडा भन्दा बैंकको किस्ता सस्तो : मासिक ९ हजार किस्तामा एभरेष्ट बैंकले घर किन्न ऋण दिने

  पुरुषोत्तम ढकाल    ११ पुष २०७६, शुक्रबार ०७:५७      1946 Views

काठमाडौं: एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९,३६३ मात्रको होम लोन ल्याएको हो ।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

कर्जा पाउनु भएन ? अर्थमन्त्रीलाई इमेल गर्नुहोस

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले सहुलियतपूर्ण कर्जा दिन अटेर गरे सिधै आफुलाई ईमेल गर्न युवाहरुलाई अनुरोध गरेका छन । उनले सबै कागजात पूरा गरेर पनि कुनै बैंकले ऋण दिन आनाकानी गरे सिधै अर्थमन्त्रालयमा गुनासो गर्न आग्रह गरे ।

युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सहुलियतपूर्ण कर्जामा आधार दरको वरिपरि रहेर लगानी गर्न बैंकहरुलाई आग्रह गरेका छन ।

उनले सहुलियत कर्जाका लागी आफू साक्षी बसेकाले यो विषयमा खेलवाड नगर्न बैंकहरुलाई चेतावनी पनि दिएका छन । आफु साक्षी बस्न आएको बताउदै उने भने, ‘ कसैले ठगी ग¥यो भने साक्षीले पनि दायित्वबोध गर्नुपर्छ, त्यसैले साक्षीलाई अप्ठारो नपारीदिनुहोला ।’

रोजगारी नै सामाजीक सुरक्षाको भरपर्दो आधार भएकोमा पनि उनले जोड दिएका छन । शिक्षा बढि ज्ञानमुखि भएकाले यूवाहरु स्वरोजगार हुन नसकेको भन्दै प्राविधीक शिक्षामा पनि जोड दिनुपर्ने उनले बताए ।

विद्यालय शिक्षादेखि नै सिपलाई ज्ञानसंग जोडेर अघि बढ्न सके मात्रै वेरोजगारीको समस्यामा कमि आउने उनको ठहर छ । स्वरोजगारको कामलाई प्रोत्साहित गर्नका लागी दुई महत्वपूर्ण काम गर्न आवश्यक रहेको छ, उनले भने, ‘पहिलो विद्यालय शिक्षा देखि नै सिपको पाटाको विकास गर्न आश्यक छ साथै यूवाहरुमा जोखिम लिनसक्ने क्षमताको विकास गर्न जरुरत छ ।’

उनले युवाहरुको स्वरोजगारका लागी सरकार स्कुलस्तरबाटै व्यवसायिक सिप विकास र व्यवसायिक शिक्षाका कक्षाहरु सञ्चालित भएको र त्यसलाई अझै व्यबस्थति र प्रभावकारी बनाउन सरकारले लगानी गर्ने पनि बताए ।

सोझै अनुदान दिने व्यवस्थाले काम नगरेको बताउदै उनले अब सरकारले सिधै अनुदान नदिई कृषि समाग्रीहरुमा अनुदान दिने पनि बताए । कर्जा प्रवाह गर्ने सँस्थाले अद्यमीको जोखिम बहन गर्ने क्षमताको विकास गर्न तालिम तथा परामर्श सेवा दिन पनि उनले आग्रह गरे ।

युवाहरुले बैंक वा अरु कसैसँग सित्तैमा कर्जा लिनुभन्दा सहुलियत कर्जा लिएर उद्यमी हुन र बैंकले पनि आयमुलक क्षेत्रमा काम गर्न चाहने युवा उद्यमीहरुमा कर्जा प्रवाह गर्न उनले अनुरोध गरे । उनले बैंकहरुले कर्जा जसरी पनि उठाउने बताउदै सहुलियतपूर्ण कर्जा लिने युवा उद्यमीहरुलाई पनि कर्जाको सहि सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उद्यमी युवाहरुलाई आबश्यक तालिममा सहकार्य तथा परामर्श युवा परिषदले दिने बताउदै बैंकले पनि प्राथमिकताको आधारमा सहुलियतपूर्ण ऋण दिनुपर्ने बताए ।

एनएमबी बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सहुलियतपुर्ण कर्जा कार्यक्रममा सहभागी भई अरु बैंकभन्दा फरक रुपमा प्रस्तुत हुन चाहेको बताए ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका कार्यकारी अध्यक्ष अनिल कुमार उपाध्यायले पहिले कार्यबिधी तथा नितीगत अन्योल रहे पनि अब त्यस्स्तो अबस्था नरहेको बताए । उनले बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिने गुनासो सहि नभएको जिकीर पनि गरे ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए ।

कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोन्याल, युवा परिषदका सचिव रामप्रसाद थपलिया लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस