आज :

ताजा समाचार

साताको पहिलो दिन आज शेयर बजारमा सामान्य अंकले गिरावट

  पुरुषोत्तम ढकाल    ९ माघ २०७८, आईतवार १७:५२      556 Views

काठमाडौं: साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । उतार चढावबीच बजार परिसुचक नेप्से १० अंकले ओरालो लागेर २९ सय २० कायम भएको छ ।

आज आधा भन्दा बढी समूह ओरालो लागे । यस दिन बीमा, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूह बाहेक अरु समूह ओरालो लागे ।

जीवन बिमा समूहमा सबैभन्दा उच्च २ सय २९ अंकको सुधार आउँदा निर्जिवन बीमा, उत्पादनमुलक र अन्य समुहमा दोहोरो अंकको सुधार आएको छ । विकास बैंक, वाोिणज्य बैंक, व्यापार, जलविद्युत, वित्त र होटल तथा पर्यटन समुहमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन १ सय ३८ कम्पनीको शेयर मुल्य घट्दा जम्मा ४६ कम्पनीको मुल्य बढेको छ । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको १ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस