आज :

ताजा समाचार

चिलीमा ३८ जना सवार सैन्य विमान बेपता

  पुरुषोत्तम ढकाल    २५ मंसिर २०७६, बुधबार ०८:०४      740 Views

काठमाडौं:   चिलीमा एक सैन्य विमान सम्पर्कविहिन भएको छ ।

१७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुर गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका छन् ।

चिलीको वायु सेनाले हराइरहेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । एयसफोर्सका अधिकारीहरुका अनुसार अन्र्टाटिकाको किङ जर्ज टापुबाट मान्टाल्वातर्फ जाँदै गरेको सैन्य विमान सम्पर्क बिहिन भएको बीबीसीले जनाएको छ ।

चिलीका राष्ट्रपति सेबास्टिन पीनेराले समेत घटनाको पुष्टि गर्दै खोजी कार्यमा कुनै कमि नराख्ने बताएका छन् ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस