आज :

ताजा समाचार

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

  पुरुषोत्तम ढकाल    ३० जेष्ठ २०७८, आईतवार १४:५८      377 Views

ललितपुर: ललितपुरमा चौबीस वर्षीया महिला बलात्कृत भएकी छन्।

बलात्कारको आरोपमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

माझीले ती महिलालाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस