आज :

ताजा समाचार

बोक्सीको आरोपमा ललितपुरकी ३० बर्षीय महिलामाथि कुटपीट, श्रीमानसहित ४ जना पक्राउ

  पुरुषोत्तम ढकाल    २९ भाद्र २०७८, मंगलवार १९:३९      939 Views

काठमाडौं: बोक्सी भन्दै झारफुक गर्ने क्रममा एक जना महिलामाथि निर्घात कुटपीट भएको छ । ललितपुरकी ३० बर्षीय महिलामाथि काठमाडौंको ठूलो भर्याङमा कुटपीट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कुटपीटको आरोपमा प्रहरीले ती महिलाका श्रीमानसहित दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ समेत गरेको छ ।

प्रहरीका अनुसार थिङचाहि झारफूक गर्ने धामी हुन् । उनलेनै ती महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपीट गरेका थिए । धामीले कुटपीट गरेपछि त्यहाँ रहेका अन्य व्यक्तिले पनि कुटपीट गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौका एसपी रमेश बस्नेतले बोक्सी भन्दै कुटपीट गर्ने चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको बताए । पीडित महिलाको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पीडित महिलाको शरीरमा कुटपीटबाट नीलडाम सहित घाउ रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस