आज :

ताजा समाचार

कोराना र शिक्षाका सम्बन्धमा शिक्षक सन्तोष घिमिरेको विचार

  पुरुषोत्तम ढकाल    २९ जेष्ठ २०७७, बिहीबार ०७:११      4319 Views
बिस्वमा अहिले कोराना रोगको डर त्रास भय र चिन्तामा छ। रोग को चिन्ता त छदै छ अर्को तर्फ बालबच्चाको शिक्षा सम्बन्धि उतिकै चिन्ता र चासो आम अभिभावक मा रहेको पाइन्छ । स्वास्थ नै धन हो भन्ने बिशय त कार्यक्रम को लागि मात्र हो कि जस्तो भान हुन आउँछ ।
८० औ दिनको लक डाउन ले आथिक र शैक्षिक पक्ष मा प्रभाब त पारेको कुरा नकार्न नै सकिँदैन यसर्थ शैक्षिक प्रभाव त हामी आफ्ना बाबूनानीहरलाई ब्वाहारिक शिक्षा सिकाउदै दैनिक जीवन सग परिचीत बनाउदै आत्माअनुशान सिकाउदै समाज सग परिचीत बनाएर पनि कमि गर्ने कुरा मा दुई मत छ जस्तो त लाग्दैन ।
यस्ता कार्य ले केटाकेटिमा नैरश्यता पैदा हुदैन साथै हरेकमा क्षमता भिन्नै हुन्छ त्यही स्वरुप क्षमता अनुरुप चित्रकला सगित नृत्य फुट्बल भलिवल मा सरिक बनाउने हो भने खुसी हुनुको साथै रोग सग लड्ने प्रतिरक्षा क्षमता नि वृद्धि हुन्छ । यश सङटको घडिमा सबै भन्दा बडि चिन्ता र छ्ट्पटी छ भने त्यो शिक्षक लाई नै छ ।
हामीले सोचिरहेका छौ र गरेका पनि छौ बिद्यार्थी हरु लाई जुन अबस्था बाट सहयोग गर्नु पर्ने हो त्यसमा लागिपरेका छौ । यसर्थ आफ्ना नानीबाबू हरु लाई अघिल्लो कक्षा का नै विषय बस्तुलाइ पोख्त बनाउन सम्पुर्ण अभिभावक लाई मेरो अपिल छ अन्त्यमा नया कक्षा को विषयबस्तु मा डर त्रास मा नपर्न बिद्यार्थी भाइबहिनीलाई आग्रह छ।ज्यान रहे जहान रहन्छ भनेझैं रोग बाट बच्यौ र बचाउ ।
(लेखक: सन्तोष घिमिरे, चण्डेनी मा.वि)


प्रतिक्रिया दिनुहोस