आज :

ताजा समाचार

काभ्रेको बल्थलीमा आफ्नै छोराले गरे ९१ वर्षीय आमाको हत्या

  पुरुषोत्तम ढकाल    २९ चैत्र २०७९, बुधबार १६:४९      307 Views

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ११ स्थित बल्थलीमा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।

बल्थली निवासी ५२ वर्षीय छोराले ९१ वर्षीय आफ्नी आमा कान्छी थापालाइ धारिलो हतियारले टाउकोमा हानी हत्या गरेका हुन् ।

छोराले धारिलो हतियार खुर्पा प्रहार गर्दा आमाको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष विपिन लामाले बताउनुभयो ।

मानसिक रोगको औषधि खाइरहेका छोराले आमाको टाउकोमा धारिलो हतियार खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।

आमाको शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ भने हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस