आज :

ताजा समाचार

आफ्नै छोराले गरे ५१ वर्षीय बुबाको हत्या

  पुरुषोत्तम ढकाल    १३ भाद्र २०७९, सोमबार २२:१६      367 Views

काठमाडौं: आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस