आज :

ताजा समाचार

‘इन्डियन आइडल’ को सेटमा नेपाली नायिका निरुताको चर्चा

  पुरुषोत्तम ढकाल    ५ पुष २०७६, शनिबार १०:२५      1350 Views

काठमाडौँ: अभिनेत्री निरुता सिंह भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को सेटमा पुगेको विषयले नेपाली सञ्चारमाध्यमा राम्रै चर्चा पाइरहेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् निरुताले आफू ‘इन्डियन आइडल’को सेटमा पुगेको कुरा जानकारी गराएसँगै यो विषय चर्चामा आएको हो।
निरुताले आफू सेटमा पुगेका कुरा फेसबुक अकाउन्टमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन्।

लामो समयदेखि मुम्बईमै बस्दै आएकी निरुता नेपाली नायिकाकाे रूपमा इन्डियन आइडलको सेटमा पुगेकी थिइन्। उदितनारायण झाका छोरा आदित्य नारायणसँगै उनी कार्यक्रम सेटमा पुगेकी थिइन्। सानो भिडियो क्लिपमार्फत् सेटमा निकै राम्रो समय बिताउन पाएको भन्दै आदित्यलाई धन्यवाद दिएकी छन्।

निरुता एक महिनाअघि मात्र वीरगन्जमा आयोजित ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव २०७६’ मा सहभागी हुन नेपाल आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस