आज :

ताजा समाचार

सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने गर्ने व्यक्ति पक्राउ

  पुरुषोत्तम ढकाल    ९ श्रावण २०७७, शुक्रबार ०७:१८      1445 Views

काठमाडौँ: काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गएराति साढे ११ बजे नागार्जुन नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो ।

सीसीटीभी फुटेजमा देखिएको रेकर्डका आधारमा खोजी गर्दा दुवै जना पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनका अनुसार एसिड आक्रमण गर्ने भारतीय नागरिक मुन्ना रहेको र उनको बायाँ हातको केही भागमा एसिड परेर जलेको देखिएको छ ।

हिजो साझ युवती किनमेलका लागि बाहिर निस्केका बेला एसिड प्रहार भएको थियो । युवतीले अर्कै केटालाई मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि हिजो साँझ ७:५५ बजे नागार्जुन नगरपालिका ४ सृजनशील टोलमा एसिड आक्रमण भएको थियो । उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस