खै कहाँबाट शुरु गरौ दर्शन भनुँ या झुकौ । के निहुरिउ खै पहिलाबाटै थिचको नै त छौ नि मलाई । जति अन्याय गरे पनि अभिभादन छ तिमिलाई । नौटंकि हजुर कति नाटक गर्छौ है ? हिजो महाभकम्प गयो तिम्रो कुर्सिमुनि केहि आयो कि नाई थाहा भएन तर तिम्रा भरौटेहरुले लुट्नु सम्म लुटे । मँ केवल लाचार बनेर टुलुटुलु हेरी बसेँ। बाडि आयो राहतको नाममा बिभिन्न फण्ट र पाउन्डेशन खोल्न लायेउ फेरी लुटे । मँ चुपै बसेँ ।
अब अन्त नभुलि सिधै पत्रको कारण खुलाँए रिसानी माफ पाम । पोहोर तिम्रा ठेकेदारले सपनाको महल बनाउने आशमा आमैको तिलहरी देखि बाउको टोपिसम्म बन्दकि राखेर बिदेश उडाए मलाई पुगेपछि थाहा भयो १ हप्ताको मात्र भिषा लगाएर फसाए मलाई। त्यो बेला पनि चुपै बसेँ । रुँदै भोकले प्याकप्याक पर्दै माग्दै हिड्दा धन्न समातेर नेपाल फर्काए । रुँदै फर्केँ । बाले रिनमा किनेका १ हल गोरु पनि बेचेर सानो चियापसलले गुजारा गर्दै थिँए पोहोर साल कर तिर्न लाएउ दर्ता गरे कर तिरे मँ चुपै बसेँ ।
हालको परिस्थितिमा कोरोनाको मारमा परेका जनतालाई कर तुरुन्तै तिर भन्दै उर्दि जारी गरेउ रे । के अब पनि मँ चुप बसुँ त ? ? ? उद्योग, बैङ्क, तरकारी, मेडिकल अनि पासवाला र झण्डावाला गाडिमा नसर्ने कोरोना दिन भर काम गरेर छाक टार्नेलाई मात्र सर्छ रे के मेरो मात्र आफन्त हो र ? लकडाउन भनेर घरमा बसुँ कर माग्छौ काममा जाँउँ लकडाउन उलंघन गरेको भन्दै लाठि बजार्छौ । निमुखाले छाक टार्ने कसरी ? तिमि करोडको कार्पेट, चिल्ला गाडि चढ्छौ मेरा बा च्यातिएको चप्पलमै राजा दख्छु त मँ । तिम्रो नगरपालिका चिल्लो छ मेरो गाँउ उजाडिएको छ दुबै नपाल नै हो फरक खै कसरी भयो ?
के हिजो तिमि पनि त्यै गाँउमा च्यातिएको चप्पलमा ठेट्ना मकै चपाँउँदै गोठाला गएका हैनौ र आज कसरी फेरिन सकेका होला है तिम्रा मन । तिमिले के सुबिधा दिएका छौ र कर मागेका छौ भाडा त दे कै त छु । टाउकेहरुले कर नतिरी ठाँउ ओगटेको छ किन ठुलालाई चै छुट हुन्छ हो ? अब त थाकि सकेँ सरकार । भोटमाग्न आँउँदा खुट्टा ढोग्ने तिमि कुर्सिमा बसेर छुरा किन रोप्छौ ? अहिले भोलि गाँउ के मुखले गाँउ आँउँछौ जवाफ चाहियो कति सम्म लाचारी बन्न सकेउ है सरकार।तिम्रा सन्तानलाई पेट भराउनु पर्न मेरालाई के ढुङ्गामाटो खान्दिनु ?
कृपया हरामी नसम्झिनुहोला अझै पनि सोझोपनको उदाहरणमा पर्छु मँ हाम्रो गाँउमा । समय समयमा साबुन पानीले मिचिमिचि हात धुनुहोला कोरोनाबाट बच्न पनि मतदान गरेको पाप पखाल्न पनि ।
(लेखक: उहि मानबता नहराएको मुन्छे जगदिश श्रेष्ठ, सिन्धुपाल्चोक)