काभ्रे: चण्डेनी मा. वि, मण्डन देउपुर नगरपालिका ११, तिमल्सेना गाउँ, काभ्रेमा पर्छ ।
यो विद्यालय सदरमुकामबाट नजिकै छ भने यसमा करिव एक घण्टा टाढाबाट विद्यार्थीहरु विद्यालय आउँछन् ।
विद्यार्थीहरुको पढाइप्रतिको चिन्ताले वि. व्य. स. को सहयोग, प्र.अ. को प्रयास र मिहिनेत अनि शिक्षकको उत्सुकता र लगावले गर्दा यो भेगमा नै सबैभन्दा पहिले अनलाईन कक्षाको सुरुवात चण्डेनी मा.वि.ले गरेको छ ।
विद्यालयले टोल टोलमा कक्षाको लागि बिशेस व्यवस्था गर्यो जसका कारण टोलका विद्यार्थीहरु एकीकृत हुन पाए । प्रत्येक क्ल्स्टरमा एकजना स्थानीय सहजकर्ता शिक्षकको व्यवस्था गरिएको छ ।
यी क्ल्स्टरहरुमा कक्षा ८, ९, १० का विद्यार्थीहरु सहभागी छन् । यी स्थानमा सामाजिक दूरी कायम गरिएको छ ।
इन्टरनेट र बत्तीको कारणले गर्दा अझै पनि सबै विद्यार्थीहरुले यसको फाइदा लिन सकिरहेका छैनन् । भाषा विषयका लागि यी कक्षा ठीकै भए पनि गणित विषयका लागि भने निकै अप्ठ्यारो नै हुँदो रहेछ ।
जे होस् आफू नै गणित शिक्षकको नाताले भन्नु पर्दा यस्ता कक्षामा पढाउनमा मलाई नै धेरै खुसी लागेको छ, नयाँ अनुभव भएर पनि हुनसक्छ ।
नेपाल सरकारले नै असार एक गतेबाट अनलाइन कक्षा सुरु गर्ने भन्ने समचार आउँदा, पानी नभएको ठाउँमा माछा पाल्न लगाउनु भनेजस्तै लागेको छ । दुरदराजमा कसरी यो सम्भव होला र ?
नेट र बिजुली नभएको ठाउँमा यो कसरी सम्भव होला ? बरु सरकारले रोगको समाप्ती पछि शैक्षिक सत्र नै परिवर्तन गर्न वा अर्को उपाय सोच्ने पो हो कि ?
(लेखक: सन्तोष घिमिरे, चण्डेनी मा.वि)