आज :

ताजा समाचार

अबको शिक्षा कस्तो ? शिक्षक: राजकुमार ढकाल

  पुरुषोत्तम ढकाल    १९ बैशाख २०७८, आईतवार २०:४७      2667 Views

शिक्षाको सन्दर्भमा आज भोलि निकै बहस हुने गरेको पाइन्छ । शिक्षा यस्तो हुनु पर्यो उस्तो हुनु पर्यो भनेर सबैले आफ्ना तर्क राखेको पनि देखिन्छ । विकाशको आधारभुत जग शिक्षा हो भन्ने कुरा पनि गर्छ्न । त्यस्तै व्यक्ति,समाज र रास्ट्रको भबिस्य शिक्षामा अडिएको छ भनेर ठुला ठुला भाषण देखि सामान्य चिया गफमा गफिनिको सख्या पनि उस्तै छ । शिक्षाविदले त झन शिक्षाबारे नबोल्ने कुरै भएन। आखिर शिक्षा हुनु पर्ने कस्तो ?  गर्ने कसले ? गर्ने कहिले जस्ता प्रश्नहरुको उतर अहिले पनि मुर्तरुपमा देखिएको पाइदैन ।

शिक्षा कस्तो हुनु पर्छ भनेर टिप्पणी गर्नु भन्दा पहिले शिक्षाको के हो भन्ने कुरामा प्रस्ट हुनु पर्दछ । शिक्षा स्वभाभिक रुपमा सार्बजानिक सरोकारको बिषय पनि हो । शिक्षा आफैमा मानव अधिकार पनि हो र मानिसका अन्य अधिकार हासिल गर्नका निम्ति शिक्षाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कसैको अनुकम्पाले दिने शिक्षा आज मौलिक अधिकारको रुपमा स्थापित भएको छ।शिक्षा सार्वजनिक र गैर नाफामुलक वा बन्द ब्यापारको बिषय हुनु हुदैन तर राज्यको गलत नितिका कारण शिक्षा क्षेत्र नाफामुलक र ब्यबसाहिक रुपमा दर्ज हुँदै गर्दा सामुदायिक र सार्बजनिक शैक्षिक सस्था भने कमजोर र धरासायी बन्दै गएका छ्न ।

शिक्षा नै बास्तबमा समाजमा बिध्यामान सकट समाधानको एक भर्पर्दो माध्यम हो । शिक्षाको सन्दर्भमा विभिन्न शिक्षाबिद तथा बिद्वानले आफ्नै किसिमले व्याख्या,विश्लेषण र परिभाषित गरेका छ्न । कसैले शिक्षालाइ आशा र उज्यालोको रुपमा हेरेका छ्न भने कसैले सुचना र ज्ञान आर्जनको निम्ति सिक्ने सिकाउने विधि भनेका छ्न । शिक्षालाइ बेदमा मान्छेलाइ स्वाबलम्बन र नि: स्वार्थी बनाउने माध्यमको रुपमा उल्लेख गरिएको छ भने उपनिषदमा मानब मुक्तिको बाटो भनी उल्लेख गरिएको छ । शिक्षाबिदहरु नै शिक्षालाई परिभाषित गर्ने सबालमा एकमत छैनन् ।

कौटिल्यले देशको निम्ति तालिम र रास्ट्रको निम्ति प्रेम ,शकराचार्यले आत्मा बोधको माध्यम शिक्षा, रबिद्रनाथले साचो सत्य पता लगाउने, स्वामी दयानन्दले चरित्रा निर्माण र नैतिकवान जिबनको माध्यम शिक्षा भनेर व्याख्या तथा विश्लेषण गरेका छ्न ।

बास्तबमा शिक्षा के हो भनेर बुज्ने कुरा विभिन्न समय र परिबेशमा बिकसित भएको घटनाक्रम अनुसार निर्धारण गरिने कुरा रहेछ । हिजो ज्ञानको रुपमा बुझिएको शिक्षा आज जिबन जिउने कलासग जोडिएको छ ।

अबको शिक्षा कस्तो हुनु पर्छ भनेर प्रक्षेपण गर्नु भन्दा पहिला आजको शिक्षा कतिको ब्यबहारिक र जिबनपयोगी छ ? यो शिक्षा कतिको बिकाउ छ ? आजको शिक्षाको औचित्य के हो ? हामीले निर्धारण गरेको शैक्षिक प्रणालीको सान्दर्भिकता कतिको छ ? शिक्षामा लगानी र उत्पादनको दृश्टिकोणले कति फलदायी छ ? जिबनका लागि शिक्षा हो कि ज्ञानको लागि शिक्षा हो ? हामीले अगालेको शिक्षाले के दियो ? यस्ता प्रश्नहरु उतर नखोजी अबको शिक्षा कस्तो हुनुपर्छ भन्न सकिन्न ।

हामीले कक्षाकोठा भित्र राखेर दिने ज्ञान कोरा ज्ञान हो वास्तविक ज्ञान त बिध्यार्थिले घरपरिवार ,समाज ,कुनै घटना तथा आफ्नै जिबनको भोगाइबाट हासिल गरेको हुन्छ भन्ने मान्यता अर्कोतिर भेटिन्छ । इमाइल दुर्खिनको भनाइमा स्कुल मरिसक्यो, यो थोपारिएको बोझ हो। यो भनाइबाट बिध्यालयको बर्तमान संरचनामा सहि छ वा गलत भन्ने कुरामा घोत्लिन बाध्य बनाएको छ। बिधार्थीले शिक्षा अनुभुतिका खुलापाना बाट सिकिरहेको हुन्छ ।

कुन बेला के सिक्नु पर्ने भन्ने कुरा समयको अन्तराल सगै आउने परिस्थितिले निर्धारण गर्ने कुरा हो। प्रबिधिले ल्याएको तिब्र परिवर्तनले मानिसको मस्तिष्कलाई खुम्चाउदै लगेको परिप्रेक्षमा बिश्वब्यापिकरण र प्रबिधिकरणले शिक्षाको स्वरुप नै बदल्नु पर्ने देखिन्छ । अबको हाम्रो शिक्षा ब्यबस्था र प्रणाली पूर्वीय दर्शन, बेद, उपनिष, गिता, त्रिपिटक, कौटिल्य दर्शन आदिलाइ आधार बनाइ पश्चिम् शिक्षा प्रणालीबाट अलग्गिनु पर्छ ।

नया शैक्षिक प्रणाली र ब्यबस्थाको बिकाश गर्न पूर्वीय धर्म, दर्शन, सस्कृती र बिज्ञानको आधारमा शिक्षाको नया जग निर्माण गर्ने, आत्मनिर्भरताको लागि शिक्षाको बिकाश गर्न लगानी, प्रक्रिया र उत्पादनलाई शशक्त बनाउने, अहिले शिक्षामा देखा परेका पाठयक्रम, पेडागोजि, प्रबिधी र परिक्षाको बस्तुगत समीक्षा गरि परिमार्जन र रुपान्तरणको माध्यमबाट जीवनसग जोड्ने शिक्षामा ब्यबस्था लागू गर्ने, बिद्यालयले बिध्यार्थिको सिर्जनात्मक, समालोचनात्मक चिन्तन, सम्प्रेषण र सहकार्य जस्ता सीप सिकाउन हो भने हामी बिस्तारै आत्मनिर्भर स्वतन्त्र र समृद्धितर्फ मुलुकलाइ लैजान सक्छौ ।

उल्लेख गरिएका कुरा मुलत सैद्धान्तिक कुरा हुन यसलाइ आधार मानी हाम्रो शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरामा सरोकारवाला निकायबिच बहस र छलफल गर्न सके अबको शिक्षा कस्तो भन्ने कुराको नजिक पुग्न सकिन्छ ।

लेखक: राजकुमार ढकाल 


प्रतिक्रिया दिनुहोस