आज :

ताजा समाचार

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदै

  पुरुषोत्तम ढकाल    २३ मंसिर २०७६, सोमबार ०६:४९      492 Views

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार (आज) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुने छन्।

महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य बाँकी खेल काठमाडौंमा हुनेछन्। आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

महिला फुटबलको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

 

यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि आज नै हुनेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्।

कबड्डीतर्फ महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ। पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ। महिलामा नेपाल र भारतबीच खेल हुनेछ।

बक्सिङमा विभिन्न स्पर्धाको फाइनल हुनेछ। आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ।

कुस्तीमा दुई स्वर्ण पदकका लागि खेल हुनेछ। जुडोमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। फेन्सिङमा तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जारी प्रतियाेगितामा भारत पहिलाे र नेपाल दाेस्राे स्थानमा कायमै छन्।


प्रतिक्रिया दिनुहोस