आज :

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्डमा पारिजात विद्या कुञ्जले पायो ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक

  पुरुषोत्तम ढकाल    ३० मंसिर २०८०, शनिबार १५:४४      1101 Views

भक्तपुर: भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले दोस्रो राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले मंसिर २५ गते देखि २८ गते सम्म संचालन गरेको राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा चाँगुनारायण नगरपालिका अन्तर्गतका सामुदायिक र सस्थागत सबै विद्यालयले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागि विद्यालय मध्ये चाँगुनारायण नगरपालिका वडा नं ८ मा रहेको पारिजात विद्या कुञ्जले विभिन्न खेलहरूमा आफ्नो उत्कृस्टता प्रदर्शन गर्दै ८  स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदक सहित चाँगुनारायण नगरपालिकामा दोस्रो स्थान हासिल गर्न सफल भएको प्रिन्सिपल बिक्रम थापाले जानकारी दिनुभयो ।

प्रिन्सिपल थापाले पारिजात विद्या कुञ्जका सम्पूर्ण खेलाडी भाइबहिनीहरू तथा खेल प्रशिक्षक लाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुले भक्तपुर जिल्ला खेलकुदको विकासमा अगाडि बढेको छ भन्ने पुष्टि भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस