आज :

ताजा समाचार

यु–१९ महिला फुटबल टोली अभ्यास खेल खेल्न चीन जाने

  admin    २९ चैत्र २०७५, शुक्रबार ०७:४९      610 Views

चैत २९, २०७५ इलाम  :   आगामी अप्रिल २६ देखि म्यानमारमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता दोश्रो चरण २०१९ को पूर्व तयारीको लागि नेपाली महिला टिम चीन जाने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यु–१९ महिला टिमले छेन्दु प्रान्तको उमेर समूहको टोलीसँग २ मैत्रीपुर्ण खेलमा सहभागीता जनाउनेछ। मैत्रीपुर्ण खेलको मिति भने सार्वजनिक गरिएको छैन्।  नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले चीनमा हुने मैत्रीपुर्ण खेल उत्पादनमुलक हुने अपेक्षा रहेको बताए। उनले तयारी राम्रो भएको कारण छनोट प्रतियोगितामा अपेक्षिकृत नतिजा निस्कने बताए। गत वर्ष भुटानमा भएको साफ यु–१९ भन्दा खेलस्तरमा सुधार आएको उनले बताए। समुह ए मा नेपालसहित आयोजक म्यानमार, अष्ट्रिेलिया र उज्वेकिस्तान रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा अप्रिल २६ तारिख नेपालले अष्ट्रिेलियाको सामना गर्नेछ। २८ मा उज्वेकिस्तान र ३० मा आयोजक म्यानमारको सामना गर्ने छ। गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न पहिलो चरणमा उत्कृष्ट उपविजेता बन्दै नेपालले दोश्रो चरणमा स्थान बनाएको हो। नेपाल रहेको समुहमा आयोजक थाइल्यान्ड विजेता बनेपछि हेड टु हेडका आधारमा भारतलाई पछि पार्दै उपविजेता नेपालले दोश्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो।


प्रतिक्रिया दिनुहोस