आज :

ताजा समाचार

अनेकोटको सिर्जना प्राथमिक बिद्यालयमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    १५ मंसिर २०७८, बुधबार २०:३४      402 Views

काभ्रे: काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं १ को अनेकोटमा रहेको श्री सिर्जना प्राथमिक बिद्यालयमा आज  बार्षिक अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टी बागमती प्रदेशका माननीय संसद लक्ष्युमण लम्सालको उपस्थिति रहेको थियो भने बिशेष अतिथिमा नेकपा माओबादी पार्टीका काभ्रे जिल्ला सचिवालय सदस्य आइते सिंह तामाङ त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका पाँचखाल नगर कमिटिका अध्यक्ष रबिन्द्रराज सिपखानको उपस्थिति रहेको थियो। त्यस्तै  बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष  जय बहादुर तामाङ आजको कार्यक्रमको सभा अध्यक्ष रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मंत्यव्य बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर तामाङले राख्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षिका लक्ष्मी तिमिल्सिनाले गर्नु भएको थियो ।

आजको कार्यक्रममा बिद्यालयको आर्थिक बर्ष २०७५ , ०७६, ०७७ र ०७८ को आय व्यय विवरण सार्बजनिक गरिनुको साथै शिक्षकहरुले अभिभावकहरु संग अन्तरक्रिया समेत गर्नु भएको थियो भने बिद्यालयमा अध्यनरत ३० जना विधार्थीहरु लाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

त्यस्तै छिमेकी बिद्यालय श्री कालिका उच्च मा. बि. का प्रधानाध्यापक सरस्वती अधिकारी तथा श्री ज्ञानेश्वोरी मा.बि. का प्रधानाध्यापक कान्छामान तामाङ, समाजसेवी कुलमान तामाङ तथा नेकपा एमालेका नेता अनिलकुमार तामाङ लगाएत अन्य जनप्रतिनिधिहरुले समेत आ-आफ्नो मंत्यव्य राख्नु भएको बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर तामाङले खुल्ला पोस्ट लाई जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस