आज :

ताजा समाचार

काभ्रेमा बिबिध कार्यक्रम गरी २८६० औं सोनाम ल्होछार मनाइयो

  पुरुषोत्तम ढकाल    २७ माघ २०८०, शनिबार १८:४०      128 Views

काभ्रेपलाञ्चोक :  तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार काभ्रेपलाञ्चोक जिल्लामा पनि आज बिबिध कार्यक्रम गरी मनाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ स्थित बुद्ध पार्कमा बखुण्डोल बुद्धपार्क व्यवस्थापन समितिले पनि बृहत् रुपमा सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले हरेक धर्म, भाषा, कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, जिल्लाको नमोबुद्ध नगरपालिका–७ स्थित रजबम पोखरी गुम्बा परिसरमा लामा सेवा समिति रजबम पोखरी, सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम  गरेको छ  । कार्यक्रमलाई सम्बोधन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाइचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व सहयोगी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

काभ्रेपलाञ्चोक तेमाल, रोशी, महाभारत, नमोबुद्ध, खानीखोला, बेथानचोक गाउँपालिकामा तामाङ समुदायले विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएका छन् । यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाई गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस