आज :

ताजा समाचार

भारी वर्षाका कारण भारतको हिमाचल र उत्तराखण्डमा तीन बच्चासहित १३ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    ४ भाद्र २०७९, शनिबार १८:३०      538 Views

काठमाडौं: भारतको हिमाचल र उत्तराखण्ड प्रदेशमा भीषण वर्षाले ठूलो क्षति गरेको छ । हिमाचलमा अहिलेसम्म तीन बच्चासहित १३ जनाको मृत्यु भइसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।

उत्तराखण्डमा चार जनाले ज्यान गुमाएका छन् । दुवै राज्यमा दर्जनौँ मानिस बेपत्ता भएका छन् । कतिपय ठाउँमा चट्याङले समेत मानिसहरूको ज्यान लिएको छ । बाढीमा २० जनाभन्दा बढी मानिस बगेका छन् ।

कैयौँ गाडीहरू समेत बाढीले बगाएको छ । चम्बा जिल्लामा भूस्खलनमा दुई आमाछोरासहित चार जना बेपत्ता छन् । यसबाट तीन जनाको मृत्यु भएको छ । काङ्गडा जिल्लामा वर्षासँगै आएको बाढीले रेलवे चक्की पुल नै बगाएको छ । भारी वर्षाका कारण चन्बा, मण्ड र काङ्गडा र कुल्लु जिल्लामा पनि स्कुल बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस