आज :

ताजा समाचार

आजको मौसम: उच्च हिमालमा हिमपात, प्रदेश–१ को पहाडमा वर्षा, काठमाडौंमा बदली

  पुरुषोत्तम ढकाल    २६ मंसिर २०७७, शुक्रबार ०८:१५      355 Views

काठमाडौं: काठमाडौं उपत्यकाको आजको न्यनूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजे ६.४ डिग्री सेल्सिस मापन गरिएको तापक्रम दिउँसो बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार आज विहान हाल प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने जनाएको छ । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
तराईका क्षेत्रमा बिहानको समयमा लागेको हुस्सु बिस्तारै फाट्दै जाने तर मौसममा आएको बदलीका कारण तापक्रममा गिरावट बढ्ने भन्दै विभागले चिसोबाट सतर्क रहन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस