आज :

ताजा समाचार

भ्रष्टाचारीलाई सामाजिकरूपमा निन्दा र भर्त्सना गरौँ : प्रधानमन्त्री ओली

  पुरुषोत्तम ढकाल    २४ मंसिर २०७७, बुधबार ०८:१८      496 Views

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएकोले भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भ्रत्र्सना गर्नु जरुरी भएको बताउनुभएको छ ।
आज भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उहाँले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नु भएको छ – ‘कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न पनि सकिँदैन, यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गरिनु जरुरी हुन्छ ।’ नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताउनुभएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्र लगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्दछ भन्दै प्रधानमन्त्री ओलीले हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि आवश्यक रहेकोमा जोड दिनु भएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डाक्टर गणेशराज जोशी र आयुक्त डाक्टर सावित्री थापा गुरुङले भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण र संवेदनशील कार्यमा थप ऊर्जा र क्रियाशील भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस