आज :

ताजा समाचार

काठमाण्डौ र भक्तपुरमा धान पाकेर पहेँलपुर (फोटो फिचर)

  पुरुषोत्तम ढकाल    २ कार्तिक २०७७, आईतवार ०७:३३      2267 Views

भक्तपुर : कोरोनाको डर र दशैँको रौनकबीच धेरै किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । कतै धान काटेर सकिएको छ भने कतै काट्न बाँकी नै छ । मध्य असोजदेखि धान काट्न सुरु गरेका किसानले कात्तिक तेस्रो हप्तासम्म धान भित्र्याउने गर्छन् ।

काठमाण्डौ उपत्यकामा पनि यतिखेर धान पाकेर पहेंलपुर भएको छ । धान काट्न र भित्र्याउन भ्याइनभ्याइ छ । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार काठमाण्डौ उपत्यकामा पनि भक्तपुरमा धान तुलनात्मक रुपमा अलि धेरै फल्ने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर ७ टनसम्म धान फल्ने गरेको छ ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म औसत उत्पादन भने तीन दशमलव ८ टनसम्म रहेको छ । तराईका क्षेत्रमा छिटो पाक्ने जातका धान काट्न सुरु भएको छ । त्यस्तै पहाडमा पनि धान काट्ने र आलु रोप्ने काम सुरु भएको छ।

काठमाण्डौ उपत्यकामा पनि धान भित्र्याएपछि कसैले आलु र कसैले गहुँ रोप्ने गरेका छन् । तर काठमाण्डौ उपत्यकामा बिस्तारै धानखेत घरघडेरीका रुपमा टुक्रिँदै र खुम्चिँदै गएको छ । जनसंख्या र बस्ती विकास भएसँगै धानखेत घट्दै गएको हो ।

यसपालि समयमै पर्याप्त पानी परेकाले धान रोप्न सहज भएको तर मल अभावले उत्पादन घट्न सक्ने चिन्ता बढेको किसानको गुनासो छ ।

 


प्रतिक्रिया दिनुहोस