आज :

ताजा समाचार

लोकसेवाद्वारा सहसचिव र उपसचिवको विज्ञापन खुला (विज्ञापन सहित)

  पुरुषोत्तम ढकाल    २८ आश्विन २०७७, बुधबार ०७:०८      2334 Views
काठमाडौं: लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन गरेको छ ।

आफ्नो पूर्व निर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको हो । आयोगले १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो । विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस