काठमाडौं: चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार माग गरेको छ।
शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेका व्यक्तिहरूबाट व्यक्तिगत विवरण र सोचपत्रसहित दरखास्त आह्वान गरेिएको विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ।
रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीबाट हुने विश्वविद्यालय ऐनमा उल्लेख छ।दरखास्त दिनका लागि विश्वविद्यालयले आजदेखि एक साताको समय दिएको छ।
इमेलबाट पनि व्यक्तिगत विवरण र सोचपत्र पठाउन सकिनेछ। जसका लागि विश्वविद्यालयले [email protected] इमेल ठेगानासमेत उपलब्ध गराएको छ।
सरकारले हालै यस विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको थियो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट रहेका प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मी उपकुलपति नियुक्त भएका थिए।
उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट छन्। यसअघि कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष नियुक्त भएका रेग्मी अहिले उपकुलपति भएका हुन्।