आज :

ताजा समाचार

सरकार द्वारा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत, कोरोनासँग लड्न जीवनशैली बदल्न अनुरोध

  पुरुषोत्तम ढकाल    २६ श्रावण २०७७, सोमबार ०८:३२      347 Views

काठमाडौँ: सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ ।
सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को हिजो बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो भने जीवन शैली बदल्नसमेत अनुरोध गरेको छ ।
सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस