आज :

ताजा समाचार



निम्छरो मजदुर, धराशयी अर्थतन्त्र र कोरोना प्रकोप

  पुरुषोत्तम ढकाल    १९ बैशाख २०७७, शुक्रबार ११:०७      580 Views

सन २०१९ को अन्त्य संगै चिनको वुहान बाट केही फरक गुण सहितको स्वास्थ समस्याका रुपमा कोरोना प्रादुर्भाव भयो।सुरुका दिनहरूमा केहि आशंका ,डर र त्रासको संशय वुहानमा कायम नै रह्यो।वुहानको भाइरसलाई जब बैज्ञानिक हरुले नामाकरण गरि यसको प्रारम्भिक जानकारी बाहिर ल्याय तत पश्चात यसले एक किसिमको स्वास्थ्य भुईचालो संसार भरी एकैसाथ ल्यायो।सुरुका दिनहरूमा चिनमा उत्पन्न भएको समस्याले अन्य बाँकी आम विश्वसामु खासै समस्या नपर्ला भन्ने सोचाइ रहन गयो।वुहान लगायत चिनमा एक पछि अर्को र अहिलेसम्मकै फरक लक्ष्यण र गुण देखापरेको स्वास्थ समस्या बिस्तारमा तिब्रता आयो जस पश्चात चीन सरकारले तत्कालै केही ठोस कदम हरु चाल्न थाल्यो।यश अवस्थामा आइपुग्दा विश्व स्वास्थ संगठन (ध्ज्इ) समेत यश तर्फ ध्यानाकषिर्त भै विभिन्न निर्णयहरु गर्न बाध्य भयो।बिस्तारै चिन जस्तो आर्थिक तथा विश्व राजनैतिक समेतको सामरिक महत्त्व राख्ने मुलुकबाट रोगको संक्रमण यसियालाई समेत उछिन्दै युरोप र अमेरिका तिर हानियो।यस बेला सम्म पश्चिमा मुलुकहरू लाई यो समस्या हलुका लागे जस्तो देखिएको थियो।जब यसको संक्रमण ज्यामितिय आकारमा वृद्धि हुँदै गयो तब विश्वनै झल्यास ब्युझियो।आज सम्म आइपुग्दा करिब पुरै विश्व र यहाँका ७ अर्ब माथी रहेका आम मानिसहरुका मानसपटलमा एउटै संन्त्रासको बिजारोपण भइ बलियो जरा गाड्न पुगेको छ।विभिन्न फरक भावना ,सोचाइ र ब्यवहार जुन मानवीय गुण अनुसारकै हुन तिनीहरु सबैलाई पराजित गर्दै सबैको मनमा एउटै कुराले डेरा जमाउनु पक्कै पनि यो कमजोर कुरा भएन र यसमा विशेष बल रहेको छ जुन हामिमाझ गम्भीर स्वास्थ्य समस्या रह्यो।हामी प्रत्येक नागरिकहरु यश संग सामुहिक जुधाईमै छौ तर सत्रु दृश्य र प्रष्ट छैन हामीले भ्यायसम्म आफ्नो प्रहार गर्दैछौ ।

विश्व महासंकटको यश घडीमा स्वास्थ्य समस्यासंग सम्बन्धित कोभिडले हरेक क्षेत्रलाई तहसनहस गरिरहेको अवस्थामा यसको प्रत्यक्ष असर पुरै विश्वको आर्थिक तथा सामाजिक क्षेत्रमा परिरहेको छ।धेरै दिनदेखि आम आर्थिक तथा सामाजिक गतिविधिले गति नपाउँदा एउटा प्रणालीमा चलेको विश्व अर्थतन्त्रलाई राम्रै कम्प दिइरहेको अवस्था छ।विश्वमा रहेका विकसित ,विकाशशिल विकास उन्मुख तथा कम विकसित सबै खाले रास्ट्रहरु आफ्ना आर्थिक गतिविधि हरुलाई थाती राख्दै मानव स्वास्थ्यको रक्षाका निमित्त क्रीयाशिल रहनुले निश्चयनै समस्या हरु सृजना भइरहेका छन।उत्पादन र वितरणको चेन रुल एक प्रकारले धरमराएको छ र सदियौ देखिको एउटा मान्यता र स्वरुपमा सञ्चालित संयन्त्रहरूमा फरकपना आइरहेको छन।रोग,भोक र शोकको प्रकोप एकैपटक प्रकट हुँदा यसको व्यवस्थापन पक्कओ पनि चुनौतीपूर्ण भइरहेको हो।आखिर जतिसुकै प्रबल र सम्पन्नता भए पनि समस्याको प्रारम्भिक प्रहार स्वाभाविक रुपमा समान नै रहने हो भलै त्यस पश्चात समाधान र निरुपणका प्रयासले केही फरक पक्कै पर्ला।आज कति रास्ट्र अरु भन्दा आफुलाई अगाडि प्रमाणित गर्न हररात कोरोनाको स्थायी निराकरणका लागि उपायहरुको खोजिमा तल्लीन रहेको अवस्था छ।आशातित सफलता भने मिल्न अझै बाँकी देखिन्छ ।
विश्व कोरोना महामारीले सबैभन्दा असर पुर्याइरहेको आर्थिक पाटो अन्तर्गत उत्पादन,प्रशोधन,तथा वितरणमा सक्रिय सहभागिता रहने प्रमुखत मजदुर वर्ग माथि शताब्दीकै ठुलो मार पर्ने अवस्था सिर्जना हुदैछ । विश्व अर्थतन्त्रलाई चलायमान राख्नकालागी दिन रात आ आफ्नै प्रकृति अनुसारका सेवा र कार्य गर्दै आइरहेको मजदुर समग्रमा हाल गम्भीर समय संग मुकाबिला गर्दैछ । नेपाल जस्तो आर्थिक विकासमा बामे सर्दै गइरहेको मुलुकमा कोरोना समस्याले फेरि एक पटक थप कठिन मोडमा ल्यायको छ । विगत २ देखि ३ दशक भित्रै नेपालमा विभिन्न चरणका जनआन्दोलन ,१० वर्ष लामो शसस्त्र युद्ध ,भुकम्प र नाकाबन्दी जस्ता प्रतिकुलतामा संघर्ष गर्दै हाल आएर विश्वब्यापी रुपमा फैलिएको कोरोना प्रकोप मा फस्दा यसले देशको आर्थिक विकास र आम नागरिकको आय स्तरको बढोत्तरीमा प्रतिकुलता मात्रै नभई गम्भीर बेरोजगारी समस्या सिर्जना गर्ने तर्फ अग्रसर देखिन्छ । नेपालको श्रम क्षेत्र खासगरी सम्पुर्ण रुपमा व्यवस्थित र प्रणालिगत रुपमा चल्न नसकेको अवस्थामा समय समयमा आइ पर्ने विविध समस्याहरुले यहाँका मजदुर बर्ग लाई उभो लाग्न दिइरहेको अवस्था देखिएको छैन । कुनै पनि रास्ट्र सम्बृध हुनका लागि त्यस रास्ट्रमा रहेका आम जनताको आय आर्जन सबल हुन जरुरी हुन्छ । जनताको आर्थिक सबलिकरणलेनै समग्र रास्ट्र सबल बन्ने हो ।

हाम्रो जस्तो औद्योगिक विकास र आम्दानीको अन्य भरपुर स्रोत नभएको रास्ट्रको प्रमुख सम्पत्ति भनेकै श्रम शक्ति हुन र आज तिनै शक्ति कमजोर बनेका छन । देखिएको छ कि करिब एक डेढ महिना काममा समेल नहुने अवस्थामै सडकमा मजदुरको बेहाल छरपस्ट छ।खासगरि अनौपचारिक र स्वोरोजगार क्षेत्रका आम मजदुर समस्याको चपेटामा रहेका छन । हाम्रा मजदुर संगठन हरु कार्यालय सन्चालनको औपचारिकतामै रमाइरहेको,सेवा तथा सुबिधा लाई मात्र बढी प्राथमिकतामा राखी दीर्घकालीन समस्या र प्रतिकुलतामा चल्न सक्ने रणनीतिहरु निर्माणमा चुक्दा कतिपय समाधान हुन सक्ने समस्या हरुमा पनि खासै केही गर्न सकिरहेको अवस्था रहेन । प्रलोभन र प्रभावमा डुबेर आम श्रमिकका भइ परि आउने समस्या लाई सम्बोधन गर्न नसक्नु क्रीयाशिल ट्रेड युनियन नेतृत्वको गम्भीर भुल हुन आउँछ । वस्तुबादी र यथार्थपरक एजेन्डाहरुलाई लागू गर्न नसक्नु एउटा असक्षमता हो । पर्याप्त छलफल ,गृहकार्य र सोचाइको अभावमा मजदुर मैत्री नीति बन्न सक्दैन र त्यसले संकटमा कुनै सहयोग पनि गर्दैन । नेपालमा क्रियाशिल ट्रेड युनियनहरुमा दलित छाप पर्नु,नातावाद ,कृपावाद,चाकरी,चाप्लुसी ब्याप्त हुनु,लोभ लालचामा पर्ने र मजदुर नेता मालिक मुखी बन्न जान कतिपय तितो यथार्थतामा यसले संगठित रुपमा आवाज दिन कठिन भइ रहेको छ,जसले मजदुर आन्दोलन कमजोर भइरहेको आवास हुन्छ ।

बेला बखत आन्दोलनले केही सकारात्मक प्रतिफल प्राप्त नभएको होइन तर त्यसको कार्यान्वयन र व्यवहारिकतामा फेरि अन्योलता र झालझेल यथावत रहेको अवस्था छ।हाम्रा इच्छा ,आंकांक्षा र आवश्यकता निरन्तर अग्रमुखी र बढोत्तरीमै रहन्छ त्यो स्वभाविक पनि हो तर समयअ सापेक्ष सम्बोधन निश्चयनै प्रमुख कुरा हुन । समस्या आउन सक्छन तर एउटै समस्या पटक पटक देखा पर्नु चै हाम्रो व्यवस्थापकीय कमजोरी नै हो । जसले समयको बर्बादी मात्रै गर्दछ । यसर्थ हेर्दा लाग्छ कि आजको यश महामारीमा औपचारिकता बाहेक आम मजदुरलाई थप केही राहत हुने अवस्था छैन,मजदुर आवाज हरु बलिया छैनन,एउटै आस्था निकट नि मत एकता छैन र फरक आस्था संग त बिभजित नै छौ । सस्तो मिडियाबाजी,प्रचारमुखी,जसमुखी हुनेमा तल्लिन छौ,जसले मजदुरका आखिरी समस्यामाखबरदारी गर्ने नैतिक बल कमजोर बनेको अवस्था छ ।
सम्बन्धित निकायलाइ बाध्यकारी बनाउने भुमिका निभाउन नसक्ने अवस्था झन्डै पुगेको परिवेश छ । मजदुर हितको भनेर जोडतोडले डकारिएको सामाजिक सुरक्षा योजना आजका दिनमा खै त ? अझै अन्योल के यो मजदुर हितमा छ त ?स्पष्ट छैन । केबल नारामिखु र आवश्यकतामा काम नलाग्ने कुनै पनि कुराको गुन्जायस रहन्न । यसरी तमाम समस्या र अफ्ठेरोको बिच सैद्धान्तिक, नितिगत र प्रणालीगत स्पष्ट रोडम्याप,मजदुर पक्षीय साझा एजेन्डा र आवाज,इमान्दारिता र नैतिकता को उच्च प्रदर्शन सबैको हितमा हुन्छ । समस्यामा कमजोर बर्ग सधैं पछाडी पर्ने अवस्था मा मजदुर बर्गका रोजिरिटी र सुरक्षीत व्यवस्थापनमा सरोकारवाला हरु समयमा नै सचेत हुन जरुरी छ ।

नेपाल जस्तो कृषि र वैदेशिक रोजगारीको प्रमुख योगदानमा आधारित कुल गार्हस्थ उत्पादन (न्म्ए) रहेको मुलुकमा यी क्षेत्रमा हुने सामान्य हलचलले नै यसमा ठूलो असर पार्दछ । एकातिर धेरै युवाहरूले वैदेशिक रोजगारी गुमाउने अवस्था छ भने अर्को तर्फ त्यसलाई कृषिप्रती आकर्षित गर्ने सुनौलो अवसर छ जुन अहिलेको परिस्थितिमा आशन्न बड्दो बेरोजगारी समस्या समाधानका लागि एउटा भरपर्दो विकल्प हुन सक्दछ । जसलाई सुझबुझ पुर्ण रुपमा लागू गर्न ढिलाइ गर्न हुन्न । होइन भने प्रारम्भिक आकलन मा करिब ३० प्रतिशत निजि क्षेत्रमा रोजगारी गुम्ने अनुमान गरिएको यो परिवेशमा यो समस्याले फेरि अर्को चौतर्फी अस्थिरता नआउला भन्न सकिदैन । अर्को तर्फ विश्व बैंकको प्रारम्भिक आकलनले पनि देशको आर्थिक वृद्धि दर एक डेढ देखि अढाई बिचमा हुने अनुमानले पनि त्यो अवस्था नजर अन्दाज गर्न मिल्दैन ।सचेत सोचको आवश्यकता छ ।

खराब समय कसैको प्रिय हुदैन । प्राय खराब अवस्थाले दिने परिणाम पनि असल र अनुकुल हुदैनन।हरेक असहजताले पनि केही न केही सिकाइ र नयाँ संभावनाहरु लाइ मुखरित गरिरहेको हुन्छ।समस्याले सिकाएन भने त्याहाँ बाट सकारात्मक परिवर्तनको आश हुन्न।हामिहरुमाझ रहेका समस्या हरु हाम्रै सुझबुझ पुर्ण प्रयास,आपसी समझदारी तथा दृढ अठोटले मात्र पूरा हुने हो।सम्पुर्ण सरकारी संयन्त्रको उचित नीति निर्देशन ,निरुपण ,निराकरण आम नागरिकको राज्य प्रतिको जिम्मेवारी बोध र कर्तव्यबोध नै समस्या समाधानका आधार हरु हुन।हाम्रा विद्यमान राज्य संयन्त्रको गतिशीलता र कार्यशैलीले नागरिक आशातित विश्वासमा रहन सकेको आभास देखिन्न।जनताले आफ्नो राज्य प्रती विश्वास गुमाउन पुग्यो भने अवस्था के होला? यो सोचनिय पक्ष हो।आवश्यक अल्पकालीन ,मध्यकालीन तथा दीर्घकालीन सोच विकास गरि संकटको पार लगाउनु पर्छ ।यो स्वास्थ्य महामारिबाट सर्बप्रथम त स्वास्थ्य नै जोगाउनु पर्यो संग संगै आएका तमाम आर्थिक समस्या हरुको समाधानमा उत्पादन तथा सेवा प्रबाहमा पनि विशेष ध्यान रहनुपर्छ । जसले सम्बृध नेपालको सपना लाई जीवितै राख्न मद्धत गर्दछ ।
(लेखक लिलानाथ चौलागाई टेड्र युनियन काग्रेस संग आबद्द हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस