आज :

ताजा समाचार

कोरोना संक्रमित युवतीसँगै आएका युवालाई बुर्तिबाङ ल्याइँदै

  पुरुषोत्तम ढकाल    ११ चैत्र २०७६, मंगलवार ०८:०१      350 Views

काठमाडौं : गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी कोरोना संक्रमित नेपाली युवतीसँगै आएका युवा अजय बिक गाँउमै रहेको पुष्टि भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका बिकलाई बिशेष निगरानीमा राख्न पहल थालिएको छ । बिक फ्रान्सबाट आएर एक रात काठमाण्डौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए ।
बिक अहिले आफ्नै गाउँमा छन् । गाउँ आएका बिक कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबरपछि गाउँनै त्रासमय बनेको छ । घरमा रहेका बिकलाई पैदल यात्रा मार्फत आज बुर्तिबाङ बजारमा ल्याई आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायत अरु प्रक्रिया अघि बढाउने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।
फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका अजय बिकलाई पनि बिशेष निगरानीमा राख्न पहल थालिएको छ । संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।


प्रतिक्रिया दिनुहोस