आज :

ताजा समाचार

भक्तपुरकाे बिध्यार्थी एकता सम्पन्न

  रामप्रसाद ढकाल    २६ फाल्गुन २०७६, सोमबार १०:१६      1189 Views

भक्तपुर, नेकपा निकट अनेरास्ववियूको भक्तपुर जिल्ला कमिटीको एकता प्रक्रिया लामाे समय छलफल पश्चात टुंगो लागेको छ । ६१ सदस्यीय जिल्ला कमिटीमा पुर्व क्रान्तिकारीवाट २९ जना र अखिलवाट ३२ परेका छन् । संयोजकमा पुर्व अखिलवाट सुवास तिमल्सिना र सहसंयोजकमा पुर्व अखिल क्रान्तिकारीवाट विराज थापा यस अघि नै केन्द्रले चयन गरी पठाएकाे थियाे । यसैगरी उक्त जिल्ला कमिटिले अाफनाे जिल्ला कमिटी अन्तर्गत पर्ने दुइ ठूला क्याम्पसमा पनी संयाेजक र सहसंयाेजकाे जिम्वेवारी ताेकेकाे छ । जस्मा सानोठिमी क्याम्पसको संयोजकमा साविक अखिल (क्रान्तिकारी) का इकाइ अध्यक्ष प्रकाश केसि र सहसंयोजकमा साविक अखिलका इकाइ अध्यक्ष गोरख केसि चयन भएका छन् । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा साविक अखिलका दिपक वहादुर विष्ट संयोजक र कृष्ण रानाभाट सहसंयोजक चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस