आज :

ताजा समाचार

कोरोना सङ्क्रमणको आशङ्कामा दुई जना टेकु अस्पतालकाे आइसोलेसन वार्डमा भर्ना

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७६, सोमबार ०७:१८      371 Views

काठमाण्डौ: कोरोना भाइरस संक्रमणको आशंकामा दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट भएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
अस्पतालका प्रवक्ता अनुप बास्तोलाले उनीहरुलाई ज्वरो र रुघाखोकी लागेकाले उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले रुघाखोकी र ज्वरो आएका अन्यको पनि उपचार थालिएको छ ।
कोरोना भाइरसको लक्षण मौसमी रुघाखोकी जस्तै भएकाले नआत्तिन तर सावधानी अपनाउन डाक्टरले आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस