आज :

ताजा समाचार

आजदेखि श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म यो विधिले व्रत बसे शुभ फल मिल्ने

  पुरुषोत्तम ढकाल    २५ पुष २०७६, शुक्रबार ०७:२४      477 Views

काठमाडौं :  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिवत गरिने स्वस्थानी व्रत आजबाट सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत बस्ने गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध भई सफा वस्त्र लगाएर स्वस्थानीको ब्रत बस्ने चलन छ ।
विहानै उठेर स्नान गरि मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीचको संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने तथा सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिले व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी आदि चढाइ ब्रतको कामना पूर्ण होस् भनी श्री स्वस्थानी देवीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको नदीमा बगाउने विधि रहेको छ ।
सय रोटी आफैँले फलाहार गरी रातमा जागा बसिन्छ । जागा बसेको समयमा देवीको माहात्म्य सुन्ने र सुनाउने प्रचलन रहेको छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।


प्रतिक्रिया दिनुहोस