आज :

ताजा समाचार

नेकपा स्थायी समिति बैठकमा के हुँदैछ ?

  पुरुषोत्तम ढकाल    ५ पुष २०७६, शनिबार १२:५१      488 Views

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज पनि जारी छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी  बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनु हुनेछ ।

मंसिर २९ देखि बसेको बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

बैठकमा उनीहरुले पार्टी एकीकरण प्रक्रिया,सरकारको कामकारवाहीलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

अमेरिकी सहायता सम्बन्धी निकाय एमसीसीको विषयमा भने उनीहरुको मत विभाजित भएको थियो ।

बैठकमा सचिवालय समावेशी नभएको भन्दै समावेशी बनाउनका लागि यसलाई विस्तार गर्नुपर्ने धारणा पनि सदस्यहरुले राखेका थिए ।

एक वर्ष पछि बसेको बैठकमा अध्यक्ष दाहालको जवाफअघि महासचिव पौडेलले आफ्नो धारणा राख्नेछन् ।


प्रतिक्रिया दिनुहोस