आज :

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई लगाइएको आरोप शंका मात्र : प्रवक्ता विश्वप्रकाश शर्मा

  पुरुषोत्तम ढकाल    ९ मंसिर २०७६, सोमबार १४:५४      828 Views

कास्की । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गरे ।

प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले नक्सा सार्वजनिक गरेको अभिव्यक्ति आशंका मात्रै रहेको भनि सभापति देउवाको बचाउ समेत गरे ।

सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न उनको सुझाव थियो ।

प्रवक्ता शर्माले भारतीय प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिन सक्ने प्रधानमन्त्रीले सिमा मिचिँदा नेपाली भाषामा मात्रै लेखिएको विज्ञप्तीले आशंका जन्माएको बताए ।


प्रतिक्रिया दिनुहोस