आज :

ताजा समाचार

प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीले दिए धर्ना

  पुरुषोत्तम ढकाल    ९ मंसिर २०७६, सोमबार १४:४२      232 Views

काठमाडौं : म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारअगाडि शान्तिपूर्ण धर्ना दिएको छ।

 

करिब ९.३० बाट सुरु भएको धर्ना झण्डै एक घण्टा चलेको थियो। धर्नामा सहभागी व्यवसायीहरूले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायीमैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्लाकार्ड बोकेका थिए।

 

माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासंघले जनाएको छ। महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको छ। महासंघका अध्यक्ष रवि सिंहले अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवासअगाडि धर्ना दिइने बताए।

 

निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरु समक्ष आन्दोलनको विकल्प्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस