आज :

ताजा समाचार

ईन्द्रावती नदीमा डुबेर एकको मृत्यु

  पुरुषोत्तम ढकाल    ४ मंसिर २०७६, बुधबार १६:१६      439 Views

काभ्रेे – काभ्रेेकाेे मण्डनदेउपुर नगरपालिका वडा नं ६ स्थित ईन्द्रावती नदिमा डुबेर एककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चाेक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ५ गंगरटाेलका सुब्बा तामाङ्काे छाेरा २८ बर्षका लाक्पा तामाङ्काे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

मध्यपहाडी लाेकमार्गकाे सिन्धुपाल्चोकमा लेबर काम गर्दै आईरहेका साेमबार काम गर्दागर्दै आफु खुसी हिडेको तामाङ आज नदीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

सुचना प्राप्त हुनासाथ प्रहरी चाैकी सिपाघाटकाे टाेली र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षककाे कमाण्डकाे खटी गई लास जाँच प्रकृति मुचुल्काको कार्य भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस