आज :

ताजा समाचार

यूएईमा ठगि गर्ने बिचौलिया सक्रिय,सचेत रहन राजदुत ढकालको आग्रह

  रामप्रसाद ढकाल    ६ कार्तिक २०७६, बुधबार २२:५१      1504 Views

यूएई – यूएईमा दूतावासको प्रतिनिधि हुँ भन्दै बिचौलियाले ठग्ने गरेको पाइएपछि यस्ता बिचौलियाबाट बच्न युएइ का लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले आग्रह गरेका छन ।

‘दूतावासका तर्फबाट काम गर्ने प्रतिनिधि हुँ भन्दै सेवा प्राप्त गर्न सहजीकरण गरिदिने गलत आश्वासन दिएर दूतावासबाट प्रदान गरिने विभिन्न सेवाका लागि सरकारले तोकेको भन्दा बढी अशुल्ने गरेको बुझिएको छ,’ दूतावासले मंगलबार निकालेको सूचनामा उल्लेख छ ।
दूतावासले कुनै व्यक्ति वा संस्थालाई प्रतिनिधि नतोकेको पनि प्रष्ट पारेको छ । दूतावास तथा राज्यलाई भ्रममा पारेर अतिरिक्त शुल्क अशुल्नेहरु भेटिएमा नेपाल र यूएईको कानुन अनुसार दोहोरो कारबाही गरिने पनि दूतावासले जनाएको छ ।

‘यूएईमा कोही पनि नेपाली दूतावासका नाममा ठगीमा पर्नु राज्यको इज्जतमाथि दाग लाग्नु हो, त्यसैले सचेत गराउन विज्ञप्ती जारी गरेका छौ, राजदूत ढकालले भन्नुभयो ।

कुनै समस्या परेमा दूतावासका कर्मचारी विकास अर्याललाई ०५०७०९३३२६ नम्बरमा सम्पर्क गर्न दूतावासको आग्रह छ । यस्तै दूतावासको सेवा प्रवाहमा ढिलासुस्ती वा अरु कुनै गुनासो भएमा दूतावासका द्वितिय सचिव तथा सूचना अधिकारी भुवन ओझालाई गुनासो सुन्ने अधिकारी तोकिएको पनि सूचनामा उल्लेख छ ।

दूतावासले सूचनामा अत्यावश्यक काम तथा मृतकको शव नेपाल पठाउन आवश्यक पर्ने कागजात बिदाको दिनमा पनि उपलब्ध गराउने गरिएको समेत उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस