आज :

ताजा समाचार

डेंगु संक्रमितको उपचारका क्रममा मृत्यु

  पुरुषोत्तम ढकाल    २० भाद्र २०७६, शुक्रबार ०७:३०      487 Views

२०७६ भदौ २०, काठमाडौंस्थित भेनस अस्पतालमा उपचाररत सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका मृत्यु भएको थियो । ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२ का वडाध्यक्ष कमलरत्न दनुवारले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टि गरेको छ । टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए ।


प्रतिक्रिया दिनुहोस