आज :

ताजा समाचार

जमिनमुनिको पानी दोहनले काठमाडौं उपत्यका भासिँदै

  पुरुषोत्तम ढकाल    १६ भाद्र २०७६, सोमबार ०८:२१      610 Views

भदौ १६, २०७६ काठमाडौं ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन्। पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो। काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएका छन्। लाखौंका संख्यामा गहिरा इनार खनिएका छन्। तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अध्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्त गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएको समाचार राजधानी दैनिकमा छ। एक अध्ययनका अनुसार हरेक वर्ष काठमाडौं १३ सेन्टिमिटरका दरले भासिँदै गएको छ। पाँच वर्षको अवधिमा काठमाडौं करिब ५० सेन्टिमिटरभन्दा बढी भासिएको अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस