आज :

ताजा समाचार

कर्णेलको घरमा मृत भेटिएका सिपाहीको श्रीमतीलाई मध्येरातमा म्यासेज : ‘मलाई मारिदियो ल’ !

  खुल्ला पोस्ट    १६ बैशाख २०७६, सोमबार १८:२५      358 Views

काठमाडौं। नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको निजी निवासमा मृत भेटिएका सिपाही प्रदीप तामाङबारे नयाँ रहस्य फेला परेको छ । शनिबार विहान कर्णेल थापाको घरमा मृत भेटिएका प्रदीप तामाङको हत्या भएको आशंका बढेको छ । तामाङले आफूलाई मार्न लागेको भन्दै मध्येरातमा आफ्नी श्रीमतीलाई मोबाइलमा सन्देश पठाएको समेत फेला परेको छ ।

नेपाली सेनाको भगवती दल गण पोखरामा दरबन्दी रहेका प्रदीपलाई कर्णेल थापाले घरायसी कामका लागि निजी निवास कुपन्डोलमा ल्याएका थिए । प्रदीपले आफ्नो मोबाइल नम्बर ९८६६८३७२०१ बाट राती १० बजेर ११ मिनेट जाँदा पठाएको सन्देश विहान ४ बजे २५ मिनेट जाँदा श्रीमती शान्ति तामाङको मोबाइल नम्बर ९७४८१४३९४१ डेलिभर भएको देखिन्छ । उक्त नम्बरमा प्रदिपले ‘मोलाई मारिदियो ल’ भनेर लेखेका छन् ।

स्रोतका अनुसार तामाङले सन्देश पठाउँदा पठाउँदै कर्णेल परिवारले मोबाइल खोसेको आशंका गरिएको छ । मोबाइल खोसेपछि स्विच अफ गरिएको र तामाङको हत्या गरिएको परिवारको आशंका छ । राती १० बजेसम्म प्रदीपले शान्तीसँग राम्रैसँग कुरा गरेको बताइन्छ । स्रोतका अनुसार कर्णेल दम्पत्तिले प्रदीपलाई झुन्ड्याएर मारेको आशंका गरिएको छ ।

राती २ बजे कर्णेल आफै गाडी हाँकेर प्रदीपको घर गुन्डुमा परिवारका सदस्यलाई लिन पुगेका थिए । घरमा पुगेको सेनाले ‘पदीप विरामी छ बाहिर भेट्न आउँनुस्’ भन्दै इमाडोलस्थित कर्णेलको घरमा ल्याएका थिए । घरमा पुगेका आफन्तलाई प्रदीप झुन्डिएको डोरी काट्न लगाएका थिए । अति विशिष्ट सेवा निर्देशनालयमा कार्यरत कर्णेल सुशील कुमार थापा नै तामाङको हत्यामा मुछिएको उच्च स्रोतको दाबी छ । तर उनी मुद्दा मिलाउन विभिन्न निकाय गुहारी रहेका छन् ।

विगत डेढ वर्षदेखि कर्णेल थापाको घरमा कार्यरत तामाङका परिवारले घटना छानबीनका लागि प्रहरीमा गुहार मागेका छन् । मृतक तामाङको शव पोस्ट मार्टमका लागि यतिबेला शिक्षण अस्पताल काठमाडौं लगिएको थियो तर, शिक्षण अस्पतालमा रहेको शवलाई कर्णेल थापाकै दबावमा पुन पाटन अस्पताल पुर्याइएको छ । शनिबार नै महानगरीय प्रहरी परिसर सातदोबाटोमा मृतकका आफन्त, बाबु, आमा र श्रीमतीलाई प्रहरीले उपस्थित गराएको थियो । प्रहरी कार्यालयमा आएका कर्णेल थापा मुद्दा मुलाउनका लागि सिभिलमा नेपाल प्रहरीका एक डिआइजीलाई समेत ल्याएका थिए ।

प्रहरी परिसर भित्र मृतकका श्रीमतीलाई तामाङले पाउँदै आएको आधा तलब ७ वर्षसम्म उपलब्ध गराउने आश्वासन कर्णेल थापाले दिएका थिए । त्यसको अग्रिम ग्यारेन्टी नभएको र अग्रिम ३० लाख रुपैयाँ माग गरेपछि सहमति नभएको उच्च स्रोतको दाबी छ । प्रहरी कार्यालयमा सहमति नभएपछि मृतकका बाबु, श्रीमती आमा, काका र आफन्त भनिएका जिवनलाई सैनिक प्रहरीले गाडीमा राखेर सैनिक मुख्यालय लगिएको थियो । कर्णेल थापाको घरमा तीन तलामाथि रहेको कोठाबाहिर उनलाई हत्या गरेर झुन्डाइएको आशंका परिवारले गरेका छन् । (दियोपोस्ट)


प्रतिक्रिया दिनुहोस