आज :

ताजा समाचार

भ्रष्टाचारी नेपाली नै होइन : प्रधानमन्त्री ओली

  admin    १ बैशाख २०७६, आईतवार ०८:२१      864 Views

बैशाख १, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र अनैतिक आचरण भएका मान्छे नेपाली हुन नसक्ने बताएका छन्। नयाँ वर्ष २०७६ सालको पहिलो दिन  सुरु भएको उपलक्ष्यमा आइतबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्ट र अनैतिक आचरण नेपालीको संस्कार होइन, तामा तुलसी छोएर, पिपलको बोट समातेर नराम्रो काम गर्दिनँ भनेर कसम खाने हामी नेपालीको संस्कार हो, यसकारण भ्रष्टाचारमा संलग्न व्यक्ति नेपाली हुन सक्दैन।’


प्रतिक्रिया दिनुहोस