आज :

ताजा समाचार



धर्तीमा मात्र होइन,बुध ग्रहमा पनि जान्छ भूकम्प, वैज्ञानिकहरुले गरे अनौठो खुलासा

  पुरुषोत्तम ढकाल    १४ माघ २०७६, मंगलवार ०७:०७      839 Views

काठमाडौं : सूर्यको सबैभन्दा नजिक रहनेवाला ग्रहलाई बुधको नामबाट चिन्ने गरिन्छ । यो सबैभन्दा सानो ग्रह पनि हो । यो ग्रह पृथ्वीजस्तै देखिने गर्छ ।

साथै पृथ्वीमा जस्तै बुध ग्रहमा पनि भूकम्प जान्छन् । तर बुध ग्रहको वायुमण्डल मौसम रहित हुन्छ । त्यसैले यो ग्रहमा जीवन सम्भव नरहेको वैज्ञानिकहरु बताउँछन् । हालै मात्रको अनुसन्धानमा वैज्ञानिकहरुले अचम्मको खुलासा गरेका छन् ।

वैज्ञानिकहरका अनुसार बुध ग्रह आकाशमा सबैभन्दा तेज गतिमा घुम्ने ग्रह हो । यसले ८८ दिनमा नै आफ्नो परिक्रमा पुरा गर्छ ।

बुध ग्रहको सतह भन्दा तल पृथ्वीको जस्तै टेक्टोनिक प्लेट्स हुन्छ । त्यसैले बुध ग्रहमा पनि भूकम्प आउँने गरेको वैज्ञानिकहरुले बताएका हुन् ।

बुध ग्रहलाई विहान वा साँझको तारा भनेर पनि चिन्ने गरिन्छ । किनभने यो ग्रह सूर्य उदाउँनुभन्दा ठीक अगाडि र सूर्य अस्ताउँनु भन्दा ठीक पछाडि आकाशमा देख्न सकिन्छ । यो ग्रह आकाशमा आँखाले देख्न सकिने पाँच ग्रहमध्येको एक हो ।

४ अर्ब वर्ष पहिलेदेखि नै यो ग्रहमा बिभिन्न बदलाव हुँदै आइरहेको छ । त्यसैले अहिलेसम्म आईपुग्दा बुध ग्रहको सतह लगभग ७ किलोमिटर सानो भएको छ । बुध ग्रहको सतह लगातार खुम्चिँदै गईरहेको वैज्ञानिकहरुको दाबी छ ।

बुध ग्रहमा ठूला-ठूला चट्टानहरु पाइन्छन् । वैज्ञानिकका अनुसार धुम तथा केतु बुध ग्रहसँग ठोक्किँदा यी चट्टानहरु बनेका हुन् ।

एजेन्सीको सहयोगमा तयार पारिएको समाचार 

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा