काठमाडौं: विश्वभरीनै डिजिटल ट्रेण्ड बढीरहेका बेला साईबर अपराध पनि तिब्रताका साथ बढीरहेको छ ।
विश्वका बहुचर्चित कम्पनीहरु पनि आफ्ना महत्वपूर्ण जानकारीहरु सुरक्षित राख्नका लागि बिभिन्न सम्भब भएसम्मका साईबर सुरक्षा सम्बन्धी बिधीहरु प्रयोग गरिरहेका छन।
यद्दपी ब्ल्याक ह्याट ह्याकर या खतरनाक साईबर अपराधीहरु डिजिटल क्षेत्रमा बिभिन्न अपराधिक गतिबिधीहरु गर्ने, मालवेरको प्रयोग गरी अरुको सिस्टममा क्षती पुर्याने, महत्वपूर्ण जानकारीहरु चोर्ने, सिस्टम ध्वस्त पार्ने जस्ता काम गरिरहेका हुन्छन ।प्राय सबै देशहरुले आ–आफ्नै साइबर कानुन निर्माण गरी यस्ता अपराधीक गतिबिधिहरुलाई रोक्ने प्रयास पनि गरिरहेका छन ।
नेपालमा तिब्र गतीमा बढिरहेको साईबर अपराधलाई कम गर्न छिट्टैनै “सेकिउर नेपाल” अभियान सन्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर सुमन बस्नेतले बताए ।
बस्नेतका अनुसार यदी समयमै मान्छेहरुलाई साईबर सुरक्षा सम्बन्धी जानकारी दिईएन भने निकट भबिस्यमा डिजिटल प्ल्याटफर्ममा हुने आपराधिक गतिबिधीलाई रोक्न धेरैनै गाह्रो पर्नेछ। टे
क्नोलोजी हात हातमा पुगिसक्यो तर त्यसलाई सही तरिकाले उपयोग गर्ने र साइबर आक्रमण बाट बच्ने ज्ञान अझै पनि अधिकान्स मान्छेमा नरहेको उनको भनाइ छ । उनले नेपालमा भैरहेका साईबर अपराधका गतिबिधीहरु र त्यस बाट बच्ने उपायहरु अभियानको मुल बिषय रहने बताएका छन।
काठमाडौं र आसपासका नगरपालिका बाट सुरु हुने यस अभियान छिट्टै देशैभरी सन्चालन गर्ने कम्पनीका कोओर्डिनटोर तथा सेकुयर नेपाल अभियानका डिरेक्टर ईन्जिनियर क्षितिज सिम्खडाले बताए ।
यस अभियानमा साईबर सुरक्षा या इथिकल ह्याकिङ्ग सम्बन्धी जानकारी भएका भोल्युन्टर आबस्यक पर्ने भएकाले ईच्छुक सबैले कम्पनीमा जानकारी गराउन सक्ने सिम्खडाले बताएका छन।
यस् बी कम्पुटर नेपालको साइबर सुरक्षाको क्षेत्रमा परिचित कम्पनी हो। कम्पनीले विगत पाँच वर्षदेखि साइबर सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ।
साइबर अपराध रोक्न, डेटा संरक्षण गर्न र सुरक्षा जोखिमहरू न्यूनीकरणका साथै साइबर सुरक्षा अडिट, आईएस अडिट, साइबर सुरक्षा परामर्श लगायतका कामहरू कम्पनीले गर्दै आएको छ जसका लागि कम्पनी आँफैले ईथिकल ह्याकिङ्गको ट्रेनिङ्ग कक्ष्याहरु सन्चालन गरी आबस्यक साईबर सुरक्षा जनशक्ती तयार गरिरहेको छ।
यसका साथै ’यस् बि कम्पुटर’ ले अतिरिक्त प्रशिक्षण कक्षाहरू सन्चालन गर्ने, विद्यार्थी सशक्तिकरण र बिभिन्न सामाजिक अभियानहरु पनि गर्दै आईरहेको छ।