आज :

ताजा समाचार

पृथ्वीको आकारमै नयाँ ग्रह भेटियो, बस्न पनि मिल्ने !

  पुरुषोत्तम ढकाल    २७ पुष २०७६, आईतवार ०७:२४      1455 Views

एजेन्सी : ग्रहबारे खोजी गर्ने मिसनमा रहेको नासाको यन्त्र ‘टेस’ ले पहिलो सम्भावित बस्नयोग्य ग्रह फेला पारेको छ जुन पृथ्वी भन्दा १०० लाइट–इयर्स मात्र टाढा रहेको बताइएको छ । सोमबार होनोलुलुमा नासाले २३५ औँ सम्मेलनको कार्यक्रममा यो नयाँ खोजीबारे घोषणा गरेको हो ।

अहिलेका लागि ‘टिओआइ ७०० डी’ नाम दिइएको यो ग्रह पृथ्वीको आकारको रहेको र बस्न योग्य रेन्जमा पर्ने बताइएको छ । नासाको एस्ट्रो फिजिक्सका अध्यक्ष पल हर्टजले भनेका छन्, “टेसलाई विशेष रुपमा पृथ्वी जस्ता नयाँ ग्रहहरुको खोजी गर्नकै लागि निर्माण गरिएको थियो त्यसैले यो नयाँ जानकारी वास्तवमै उल्लेखनीय छ ।”

टेसले यसअघि त्यही ग्रहलाई ठूलो र धेरै तातो भनेर सूचित गरेको थियो तर अन्तरिक्षयात्री, वैज्ञानिक र थुप्रै युवा अनुसन्धानकर्ताहरुले यसको गलती पहिचान गरि ग्रहको प्यारामिटर सुधारेका हुन् । जसपछि मात्र आफूहरुले सो ग्रह पृथ्वीको आकारको र बस्न योग्य रहेको थाहा पाएको युनिभर्सिटी अफ सिकागोकी एमिली गिल्बर्ट बताउँछिन् ।

केल्पर नामक अर्को स्पेस टेलिस्कोपले पनि यसअघि थुप्रै ग्रहहरु फेला पारेको थियो । तर २०१८ मा लन्च गरिएको टेसले भने पहिलोपटक नयाँ ग्रहको जानकारी हासिल गर्न सफल भएको बताइएको छ । यस ग्रहको सूर्य, टीओआइ ७०० पृथ्वीको सूर्य भन्दा ४० प्रतिशत सानो छ र त्यो भन्दा आधा कम तातो रहेको छ । टेसले यसको वायुमण्डल पथमा तीन किसिमका ग्रह फेला पारेको हो जसलाई टीओआइ ७०० बी, सी र डी नाम दिइको छ । यसमध्ये डी लाई मात्र बस्न योग्य जोन मानिएको हो जुन पृथ्वी र सूर्य जसरी नै त्यसको ताराबाट धेरै टाढा पनि छैन र धेरै नजिक पनि छैन ।

पृथ्वी भन्दा २० प्रतिशत ठूलो सो ग्रहले त्यसको सूर्यलाई ३७ दिनमा परिक्रमा गरिसक्छ । यसैगरी यसले पृथ्वीले सूर्यबाट पाउने जस्तो ८६ प्रतिशत ऊर्जा प्राप्त गर्ने गरेको पनि बताइएको छ । यस्तोमा वैज्ञानिकहरु अहिले त्यसको वायुमण्डलीय संरचनाको अनुमान लगाइरहेका छन् र सतही तापमानबारे पनि जानकारी संकलन गरिरहेका छन् । नासाले सो ग्रह समुद्र र भारी मात्रामा कार्बन डाइ अक्साइडले भरिएको हुन सक्ने बताएको छ । उनीहरुले मंगल ग्रह भर्खरको हुँदा पनि यस्तै प्रकारको सतह रहेको आशंका गर्दै आएका छन् । यसरी अब नासाले सार्वजानिक गरेको सम्भावित मोडलबारे थप डाटा हासिल गर्न विश्वव्यापी रुपमा अन्तरिक्षयात्रीहरुले सो ग्रहलाई विभिन्न उपकरण मार्फत अवलोकन गर्नेछन् । सीएनएन 


प्रतिक्रिया दिनुहोस