आज :

ताजा समाचार

इन्टरनेटमा यसरी फस्दैछन् बालबालिका

  पुरुषोत्तम ढकाल    १३ पुष २०७६, आईतवार ०७:०२      936 Views

काठमाडौँ : बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ।

बालबालिकाको अधिकार बाल यौनहिंसाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट लक्जेमबर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेल इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो।

हिमालका ४, पहाडका ६ र तराईका ५ जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षेणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ।

इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ। इन्टरनेटको प्रयोेग छात्राभन्दा छात्रले बढी गर्छन्।

सर्वेक्षणममा सहभागी अनुसन्धानकर्मी अधिवक्ता प्रवीन सुवेदीले नेपालका बालबािलका इन्टरनेटको पहुँचमा पुगे पनि त्यसको सुरक्षित प्रयोग नभइरहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस